
स्वास्थ्य र त्यसमा पनि विशेषरुपमा महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आएको सनराइज बैंकले शनिवार काठमाडौंको ओमबहालमा निशुल्क स्तन क्यान्सर परिक्षण शिविर आयोजना गरेको छ ।
पछिल्लो समयमा स्तन क्यान्सर लगातार बढ्दै गएको र अहिले नेपालमा पनि महिलामा हुने स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ ।
सामान्यता महिलाहरू स्तन क्यान्सरको जाँच गर्न अन्तिम चरणमा अस्पताल जाने गर्दछन् ।
यसलाई पहिलो चरणमै पत्ता लगाउन सकिएको खण्डमा यसको उपचार हुन सक्ने र ठुलो क्षतिबाट जोगिन सकिने डाक्टरहरू बताउँछन् ।
तसर्थ जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा निशुल्क शिविर सञ्चालन गरेको हो ।
सो शिविरमा करिब ६३ जना महिलाहरूको स्तन परीक्षण गरी उनीहरूलाई स्तन क्यान्सर बारे सचेतना दिइएको थियो ।
साथै शिविरमा सहभागी सम्पूर्ण मानिसहरूको निशुल्क रक्तचाप, मधुमेह परिक्षण सेवा समेत दिइएको थियो ।
बैंकले नारीहरूलाई बचत गर्न उत्प्रेरणा र उनीहरूको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाता अन्र्तगत महिलाहरूलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको छ ।
महिलाहरूमा हुन सक्ने पाठेघर क्यान्सर, स्तन क्यान्सर, मुटु रोग सहितका १८ घातक रोगहरू यस योजनामा समेटिएको छ । साथै बैंकले महिलाहरूलाई प्रसुति खर्च स्वरुप १० हजार रुपैयाँसम्म र अस्पताल भर्ना र ओपीडी खर्च गरी रु १ लाखसम्म बीमा बापतको रकम समेत दिदै आएको बैंकले जनाएको छ ।