१७ असार २०८३, बुधबार

रक्तदाता दिवसमा मानव धर्मले गर्‍याे देशव्यापी रक्तदान कार्यक्रम, सयौ रक्तदाता सहभागी

रक्तदाता दिवसमा मानव धर्मले गर्‍याे देशव्यापी रक्तदान कार्यक्रम, सयौ रक्तदाता सहभागी

विश्व रक्तदाता दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले देशव्यापी बृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । समितिले देशभरका आश्रम र अन्य ठाउँमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

मंगलबार साँझसम्म काठमाडौं उपत्यकामा १०९ जना र सर्लाहीको हरिवनमा ४९ जना रक्तदाताले रक्तदान गरेको समितिको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

काठमाडौंमा गत शनिबार समितिको केन्द्रीय कार्यालय गौशालाको प्राङ्गणमा ६० जनाले रक्तदान गरेका थिए । मंगलबार ललितपुर गोदावरी नगरपालिकाको वडा नम्बर– १ दमाईटार बडा कार्यालयमा ४३ जनाले रक्तदान गरेका छन् ।

काठमाडौंका अस्पतालमा रगत अभाव भएपछि समितिले आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । काठमाडौंमा अत्याधिक महिलालाई रक्तदान गराएको भन्दै रक्तसञ्चार केन्द्रबाट नेपाल मानव धर्म सेवा समिति पुरस्कृत भइसकेको छ ।

रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ को सम्झनामा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन शुरु गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्