![अनौठो प्रेम कहानी : २५ वर्षे युवतीले ७० वर्षे वृद्धसँग बिहे गरेको खुलासा ! [भिडियो]](https://lktcdn2.prixacdn.net/media/bihe_mMUUQRceut.webp)
विवाह गर्दा महिला–पुरुषको उमेर तुलना गरिन्छ । उमेरको अन्तर थोरै भएकासँग विवाह गर्ने गरिन्छ तर क्यानडामा २५ वर्षे युवतीले ७० वर्षे वृद्धसँग विवाह गरेको खुलासा भएको छ ।
पत्नी २५ वर्षीया स्टेफनीले पति ७० वर्षीय डनसँग विवाह गरे । उनीहरूले विवाह गरेर २ वर्षको छोरा भइसकेको छ ।
‘लभ डन्ट जज’ शोमा सहभागी हुँदै स्टेफनीले भनिन्, ‘मैले गरेको विवाहबाट मेरो परिवार र आफन्त खुशी थिइनन् तर मैले कसैको कुरा सुनिनँ ।’
करीब ५ वर्षअघि डनसँग उनको भेटघाट भएको थियो । डनसँग भेट हुँदा उनलाई धेरै खुशी मिल्ने गरेको थियो । यसरी दुवैबीच रोमान्स शुरू भएर अन्ततः विवाह नै भयो ।
स्टेफनीको प्रेम कहानी सुनेर उनका आमाबुवा र दाजुभाइलाई धक्का लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।