![हवाई दुर्घटनापछिको आपतकालीन उद्धारका लागि विमानस्थलमा पूर्वाभ्यास हुँदा जे देखियो [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/bipad_purbaavyas__24_PzeYBPutEA.jpg)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार सम्भावित हवाई दुर्घटनाको आपतकालीन पूर्वाभ्यास गरिएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्डअनुसार हरेक दुई वर्षमा सम्भावित दुर्घटनाबाट बच्न र दुर्घटना भइहाल्दा छिटो उद्धार गर्न यस्तो आपतकालीन पूर्वाभ्यास गर्ने गरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले पनि बुधवार यस्तै अभ्यास गरेको छ । यस्तो अभ्यासमा कृत्रिम दुर्घटना गराइन्छ र दुर्घटनापछि गरिने उद्धारसहितको गतिविधि गरिन्छ ।








