असार १५, २०७९
स्पेनको राधजानी मड्रिडमा मंगलवार (२८ जुन) बाट पश्चिमी सैन्य गठबन्धन नेटोको शिखर सम्मेलन शुरू भएको छ । बिहीवारसम्म चल्ने यस सम्मेलनमा नयाँ रणनीतिक अवधारणाका विषयमा चर्चा गरिने नेटोको वेबसाइटमा उल्लेख ...
काठमाडाैं | असार २, २०७९
स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले आशातित जीत निकाल्न नसकेपछि धेरैले चर्चा गर्ने गरेका थिए, आसन्न प्रदेश र संसदीय चुनावमा वामपन्थी गठबन्धन बन्ने भयो ।
स्थानीय तह चुनावमा पाएको मताधार हेर्दा एमाले एक्लै चुनावमा जाँदा अघिल्लो संसदीय चुनावको साख कायम राख्न नसक्ने सम्भावना हुँदा वामपन्थी पार्टीहरू विशेषगरी एमाले र माओवादी केन्द्र मिलेर चुनावी गठबन्धन बनाउन सक्ने चर्चा थियो ।
स्थानीय तह चुनावको नतिजा आउँदै गर्दा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सबैभन्दा पहिला वापमन्थी पार्टीहरूको एकताका लागि ढोका खुल्ला रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
एमालेमा अहिले पनि संस्थापन इतर खेमामा रहेका नेताहरू आगामी चुनावमा वामपन्थी शक्ति मिलेरै जानुपर्ने पक्षमा छन् ।
एमाले विभाजन हुनुअघि माधव नेपाल खेमामा रहेका नेताहरू जो दशबुँदे सम्झौता मानेर एमालेमै रहेका थिए, उनीहरूमध्ये अधिकांश अहिले पनि वामपन्थी एकताको पक्षमा छन् । एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले वामपन्थी एकताको लागि भनेर पाँच बुँदे रोडम्याप सार्वजनिक गरेका छन् ।
अहिले वामपन्थी पार्टीहरूका लागि एकता वा सत्यानास गरी दुई विकल्प मात्रै रहेको भुसालले बताएका छन् । उनी वामपन्थी एकता हुनुपर्ने पक्षमा लबिङ गरिरहेका छन् ।
एमालेका अर्का केन्द्रीय सदस्य टंक कार्की भने विश्वकै इतिहास हेर्दा कम्युनिस्ट आन्दोलन ओरालो लागेपछि फेरि उठेको उदाहरण नभएको बताउँछन् । नेपालमा कम्युनिस्ट पार्टीको बलियो सम्भावना भएकाले आन्दोलनलाई बिग्रिन दिन नहुने उनको भनाइ छ ।
‘विश्वको उदाहारण हेर्दा कम्युनिस्ट आन्दोलन ओरालो लागेपछि फेरि उठ्न सकेको देखिँदैन । सबैजसो ठाउँमा नेतृत्वको आचरणमा प्रश्न उठ्ने गरेको छ । तुलनात्मकरूपमा भारतको कम्युनिस्ट नेताको आचरणमा प्रश्न उठ्दैन, तर पनि त्यहाँ कम्युनिस्ट आन्दोलन जुर्मुराउन सकेको छैन । नेपालमा बलियो कम्युनिस्ट पार्टीको सम्भावना र आधार छ । जनताले नेतृत्वको चरित्र र विवेकमा प्रश्न उठाएका मात्रै हुन्’, कार्कीले भने ।
पछिल्लो समयमा एमाले र माओवादी केन्द्रका नेताहरूको संवाद बाक्लिएको छ । उनीहरू गोप्य रूपमा भेटवार्ता गरिरहेका छन् । एमाले र माओवादी केन्द्रका नेताहरूको पछिल्लो शीर्ष तहको भेट गत शनिबार भएको थियो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेका थिए । उनीहरू बीच करीब डेढ घण्टा छलफल भएको थियो । तर, दुई नेताका बीचमा वामपन्थी एकताका बारेमा छलफल नभएको बरू नेपालको परराष्ट्र नीति, सम्भावित परिणाम र राजनीतिक दलहरूको भूमिकाको बारेमा कुराकानी भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।
यसबीचमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता वर्षमान पुनले पनि गोप्य भेटवार्ता गरेका छन् । ज्ञवालीलाई भेटेपछि माओवादी नेता पुनले एमालेका अर्का नेता घनश्याम भुसालसँग पनि भेटवार्ता गरेका थिए । उनीहरू बीचमा भएको छलफलको विषय बाहिरिएको छैन । भेटमा संलग्न नेताहरूले पनि छलफलको विषय खुलाउन चोहेका छैनन् ।
तर, नेकपा एमालेको सचिवालय तहका एक नेताका अनुसार, अहिलेसम्म एमाले र माओवादीबीच तालमेल गर्ने गरी दुई पार्टीबीच औपचारिक संवाद समेत भएको छैन र व्यक्तिगत तबरमा भएका छलफलमा पनि कुनै प्रगति छैन ।
‘वामपन्थी तालेमलको बारेमा औपचारिक छलफल गर्नेगरी ठोस प्रगति आजको मितिसम्म भएको छैन । आगामी चुनावमा एमाले र माओवादी केन्द्रबीच तालमेल हुने झिनो सम्भावना पनि छैन । भविष्यमा के हुन्छ, अहिल्यै भन्न सकिँदैन । तर, अहिलेचाहिँ हल्ला बढी, प्रगति शून्य छ’, एमालेका ती प्रभावशाली नेताले भने ।
नेकपा एमालेकास्थायी कमिटी सदस्य शेरबहादुर तामाङ पनि केही नेताहरूले व्यक्तिगत तहमा वामपन्थी तालमेलको आवश्यकता र सम्भावनाका बारेमा छलफल गरेको हुनसक्ने, तर औपचारिकरूपमा अहिलेसम्म त्यस्तो कुनै छलफल नभएको बताउँछन् ।
‘संसद्मा वा अन्य कुनै सार्वजनिक कार्यक्रममा भेट्दा चुनावी समीक्षा र वामपन्थी तालमेलबारे नेताहरूले व्यक्तिगत तहमा कुरा गरेका हुनसक्छन्, तर आगामी चुनावमा नै एमाले र माओवादी केन्द्रको तालमेल हुने कुनै सम्भावना देखिएको छैन’, तामाङले भने ।
विशेषगरी, अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरू माओवादी केन्द्रसँग तालमेलको पक्षमा खुलिसकेका छैनन् ।
तर, सचिवालयकै कतिपय नेताहरू वामपन्थी तालमेलको पक्षमा भए पनि उनीहरूले आफ्ना कुरा खुलेर पार्टीका औपचारिक फोरममा राख्न सकेका छैनन् ।
स्थानीय तहको चुनावमा २३ स्थानबाहेक एक्लै चुनावीप्रतिस्पर्धा गरेको एमालेले संसदीय चुनावमा पनि एक्लै सहभागी हुने नीति अख्तियार गरेको छ । केही सीमित स्थान विशेषमा अर्को पार्टीसँग तालमेल भए पनि आमरूपमा भने एमाले कसैको साथ नलिई चुनावी प्रतिस्पर्धामा जाने आन्तरिक तयारीमा देखिन्छ ।
एमालेका एक शीर्ष नेताले दिएको जानकारी अनुसार, अहिलेकै अवस्थामा चुनावमा जाँदा एमालेले प्रत्यक्षतर्फ २५ देखि ३० सिट जित्न सक्ने आकलन छ । तर, यसलाई बढाउनका लागि केन्द्रीय तहका नेताहरूलाई अहिलेबाटै भूगोलमा पठाउने नीति एमालेले लिएको छ ।
एमालेका एक शीर्ष नेता भन्छन्, ‘केन्द्रीय नेतालाई तत्कालै निर्वाचन क्षेत्रमा खटाउने नीति छ । केन्द्रीय नेतृत्व अहिल्यैबाट भूगोलमा खटिँदा मतदाताको समस्या सम्बोधनको पहल हुन्छ र त्यसले एमालेको पक्षमा माहोल बनाउँछ ।’
अहिलेदेखि मंसिरसम्मको मेहनतमा प्रत्यक्षतर्फ केही सिट बढाउने र समानुपातिक समेत गर्दा ६५ देखि ७० सिटको हाराहारीमा संसद्मा उपस्थिति सुनिश्चित गर्न सक्दा सरकारकै नेतृत्वको अवसर पनि आउने अवस्था रहने एमाले नेताहरूको विश्लेषण छ ।
‘अहिलेको निर्वाचन प्रणाली अनुसार कुनै पनि दलको एकल बहुमत आउँदैन । त्यस्तो अवस्थामा कांग्रेस र एमालेमध्ये एकले सरकारको नेतृत्व गर्ने हो । त्यतिबेला जसले सक्छ, उसले सरकार बनाउँछ । अहिले माओवादी केन्द्र कांग्रेससँग तालमेल गरेर चुनाव लडेपछि सरकार भने एमाले र माओवादीको बन्न पनि सक्छ’, एमालेका एक नेता भन्छन्, ‘त्यतिबेलाको सम्भावना अहिले नै यकिन गर्न सकिँदैन । तर, दुई पार्टी मिलेर चुनावमा जाने वातावरण पनि बनेको छैन ।’
मुख्यगरी, एमाले अध्यक्ष ओलीको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको ‘इगो’का कारण एमाले–माओवादी गठबन्धनको सम्भावना टरिरहेको एमालेकै नेताहरू बताउँछन् । अर्कातर्फ, एमालेबाट विभाजित भएर गएको एकीकृत समाजवादीसँगको सहकार्यमा पनि ओली र माधव नेपालबीचकै ‘इगो’ र टसलले नकारात्मक भूमिका निर्वाह गरेको छ ।
माओवादी केन्द्रको नेतृत्व भने संसदीय चुनावबाट पनि आफू नै सत्ताको निर्णायक शक्ति बन्ने विश्लेषणसहित जता बढी सिटसहितको तालमेल हुन्छ त्यतै लाग्ने मनस्थितिमा देखिन्छ ।
माओवादी केन्द्रका नेताहरू कांग्रेससँग भन्दा एमालेसँग चुनावी तालमेल हुँदा जित्न सहज हुने स्वीकार्छन् । तर, माओवादी अहिल्यै सरकारबाट बाहिर आएर एमालेसँग चुनावी तालमेल गर्ने मनस्थितिमा देखिन्न ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै केही दिनअघि आफूलाई प्रधानमन्त्रीको अफर आएको तर अहिले आफू त्यो रेसमा नरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए ।
माओवादी केन्द्रले कांग्रेससँग आगामी प्रदेश र संसदीय चुनावमा आफूले पाउने सिट संख्याबारे आन्तरिकरूपमा बार्गेनिङ थालेको छ ।
कांग्रेसका एक केन्द्रीय पदाधिकारी भन्छन्, ‘माओवादी केन्द्रका नेताहरू दुवैतिर बार्गेनिङ गरिरहेका छन् । अघिल्लो चुनावमा गठबन्धन गरेर जितेको ठाउँमा पनि माओवादीका नेताहरूले सिट दावी गर्ने अवस्था छ । जहाँ अहिले उनीहरूको जित्ने आधार देखिँदैन । धेरै ठाउँमा दाबी गर्ने र कांग्रेसको मतमा जितेर ठूलो पार्टी हुने माओवादी केन्द्रका नेताहरूको रणनीति छ । कांग्रेसले आगामी चुनावमा तालमेल गरेर सिट बाँडफाँड गर्दा विशेष ध्यान दिनुपर्ने अवस्था छ ।’
स्पेनको राधजानी मड्रिडमा मंगलवार (२८ जुन) बाट पश्चिमी सैन्य गठबन्धन नेटोको शिखर सम्मेलन शुरू भएको छ । बिहीवारसम्म चल्ने यस सम्मेलनमा नयाँ रणनीतिक अवधारणाका विषयमा चर्चा गरिने नेटोको वेबसाइटमा उल्लेख ...
गत फेब्रुअरी २४ बाट शुरू भएको रुस–युक्रेन द्वन्द्व दुवै पक्षको थोत्रो हतियार तह लगाउने माध्यम बनेको छ । युद्धमा युक्रेनले सोभियतकालीन पुराना हतियारहरू पूर्ण रूपमा उपयोग गरिसकेकाले ऊ अब आफ्ना पश्च...
शनिवार (जुन २५) मा रुसी सैनिक तथा डोनबास क्षेत्रका दुई जनगणतन्त्रका मिलिसियाले सेभेरोडोनेत्स्क शहर नियन्त्रणमा लिएका छन् । उक्त क्षेत्रबाट पछि हट्नका लागि युक्रेन सरकारले आफ्ना सैनिकहरूलाई शुक्रवार नै आदे...
लामो समयदेखि आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको अर्थतन्त्र धराशायी भइसकेको त्यहाँका प्रधानमन्त्री रनिल विक्रमसिंघेले स्वीकार गरेका छन् । बुधवार (२२ जुनमा) त्यहाँको संसदमा बोल्दै विक्रमसिंघेले खाद्यान्...
रुसले युक्रेनविरुद्ध चलाएको विशेष सैन्य कारवाही चलाएको १२५ दिन पुगिसक्दा पनि टुंगो लाग्ने छाँटकाँट नदेखिएपछि राष्ट्रपति भोलोदीमीर जेलेन्स्की समेत आजित भइसकेका छन् । सोमवार जी७ मुलुकहरूको बैठकलाई सम्ब...
भारत सरकारले नौ दिनअघि (१४ जुनमा) घोषणा गरेको अग्निपथ योजना विवादमा परेको छ । यस योजनाको विरोधमा हिंस्रक प्रदर्शनहरू भइरहेको भए पनि सरकारले यसलाई कुनै हालतमा फिर्ता नलिने भनिरहेको छ । विरोधलाई ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...