माघ २, २०८०
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
असार ९, २०७९
कांग्रेसको १४ औं महाधिवेशन सकिएलगत्तै गत पुस ९ मैले महामन्त्री निर्वाचित गगन थापासँग अन्तवार्ता लिने अवसर पाएको थिएँ । महामन्त्री निर्वाचित भइसकेपछि अब उनको ध्यान देशको कार्यकारी कि पार्टीको सभापति हुनेछ ?
त्यो बेला उनले अलि घुमाउरो जवाफ दिएका थिए । गगनले भनेका थिए–
आफ्नो बारेमा यतिमात्र सोचेको छु, केही वर्षपछि जब सक्रिय राजनीतिबाट म विश्राम लिन्छु, त्यतिबेला म अहिले जस्तै नागरिक पंक्तिबाट माया गरिने, विश्वास गरिने नेता रहन सकूँ । जतिखेर मसँग कुनै शक्ति हुन्न, मसँग कुनै आशा हुन्न, त्यसपछि म न मन्त्री हुने, न प्रधानमन्त्री हुने, त्यो बेलामा पनि यसले हाम्रो जीवन सुधार्न केही गरेर आएको हो भनेर माया गर्दिने मान्छे होऊन्, मेरो भोक त्यतिमा मात्र छ । कसैले भन्छ भने त्यो भोक र लोभ मसँग छ । यो कुरालाई मैले बाँकी राख्छु । यो तत्वलाई मर्न दिन्नँ।
मैले जति कोट्याउँदा पनि उनले म प्रधानमन्त्री बन्छु भनेका थिएनन् । किनभने महाधिवेशनको मतगणना सकिँदै थियो, उनीहरूले औपचारिक प्रमाणपत्र लिएका थिएनन् । अर्थात्, भर्खरै महामन्त्री निर्वाचित भएको व्यक्तिले भावी प्रधानमन्त्री बन्छु भन्न हतारो पनि हुन्थ्यो होला शायद । तर सो अन्तर्वार्तामा गगनले केही नयाँ कुरा अवश्य गरेका थिए ।
हालैका दिनमा गगनले मंसिरमा हुने चुनावपछि प्रधानमन्त्रीका लागि एटेम्ट (प्रयास) गर्ने बताएका छन्– एक टेलिभिजन कार्यक्रममा । गगनको साक्षी बसेकी थिइन्, रामकुमारी झाँक्री । शब्द चयनमा माहिर गगनले प्रधानमन्त्रीका लागि एटेम्ट गर्ने कुरा टङ स्लीप भएर भनेका होइनन् । ‘प्रधानमन्त्री एटेम्ट गर्छु’ भन्ने गगनको भनाइलाई लिएर नै यो टिप्पणी लेख्नुपरेको हो ।
गगनले यो पनि भनेका छन्, अब मंसिरको चुनावपछि पूर्वप्रधानमन्त्री भइसकेकाले फेरि प्रधानमन्त्रीको दाबी नगर्नुहोला । नयाँ पुस्ताले त्यसमा दाबी गर्ने छौं, सकेसम्म देशलाई निकास दिनेछौं । अर्थात्, उनले सुझबुझपूर्ण र योजनाबद्ध ढंगले नै प्रधानमन्त्री बन्ने कुरा गरेका हुन् ।
राजनीतिमा जसरी उनको उदय भएको छ र व्यक्तिगत स्वभावका कारण पनि उनी धेरै धैर्य गर्ने पक्षमा छैनन् । उनले भनिसकेका छन्, एउटा निश्चित समयपछि उनले राजनीतिबाट अवकाश लिनेछन् ।
अहिले कांग्रेसको सभापति रहेका शेरबहादुर देउवा २०५२ सालमा ४९ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए । आफू ४९ वर्षमा प्रधानमन्त्री बनेका देउवाले तिमी आलोकाँचो भन्न पाउने छैनन् । विचार त्यागे पनि अहिलेसम्म आफूहरूलाई बीपीको अनुयायी दावी गर्ने कांग्रेसीहरूले बिर्सन नमिल्ने कुरा– बीपी ४० वर्षको उमेरमा टेक्दानटेक्दै प्रधानमन्त्री बनेका थिए ।
समकालीन पुस्ताको डायनामिक नेता
समकालीन पुस्तामा गगन अत्यन्त डायनामिक नेता हुन् । प्रतिस्पर्धी दल नेकपा एमाले वा नेकपा माओवादी केन्द्रमा गगनलाई चुनौती दिने समकालीन नेता अहिले तयार भएको देखिन्न चाहे वक्तृत्व क्षमता होस्, या नेतृत्वमा दाबी सम्बन्धमा । युवा भनिएका नेताहरू नेतृत्वको दास बनेर बसिरहेका छन् ।
विद्यार्थी आन्दोलनबाट खारिएका गगनमा अहिले पनि विद्रोही चेत छ, जुन कुरा उनले आफ्नो पहिचान बनाएका छन् । कांग्रेसले औपचारिक धारणा नै बनाउन नसकेका बेला केपी ओलीले प्रतिनिधि सभा विघटन गरेको दिन गगनले बानेश्वरमा गएर खुलेआम चुनौती दिए । अदालतमा न्यायको बलि नहोस् भनेर न्यायाधीशहरूतर्फ पनि औंला ठड्याए । प्रतिनिधि सभाको पहिलो विघटनका बेला कांग्रेसका अरू कुनै पनि नेताले त्यो हिम्मत देखाउन सकेनन् ।
कांग्रेसकै सरकार हुँदा पनि यदाकदा उनले आफूलाई विद्रोही चेत भएको नेताको भूमिकामा प्रस्तुत गरेका हुन्छन् । हालसालैका केही उदाहरण हेरौं । संसद्मा विशेष समय लिएर उनले शेयर लगानीकर्ताको बारेमा बोले । शेयर बजारमा धेरथोर लगानी गरेका लाखौं युवाको मन जित्ने कोशिश गरे ।
अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पक्षमा खुलेर लागेका गगनलाई अमेरिकी राज्य साझेदारी कार्यक्रम (एसपीपी) भारी पर्न लागेको थियो । एमसीसी पास गरेबापत अमेरिकी सेना आए आफूलाई चारपाटा मुण्डन गरेर थानकोट कटाउनू भनेर गगनले सदनमा भनेका थिए । एसपीपी अगाडि बढाउने कसरत भइरहँदा उनले संसद्मा बोलेको भिडियो क्लिप सामाजिक सञ्जालमा फेरि शेयर हुन थालेका थिए ।
प्रतिपक्षी सांसदहरूले संसद्मा बोल्न थालेका थिए । ती विरोधका स्वरहरूलाई एकैपटक बन्द गर्दै उनले सबैभन्दा पहिला संसद्मा बोलेर एसपीपी खारेजीको माग गरे । अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर एसपीपी स्थगित गर्न दबाब दिए । महामन्त्रीद्वयले भेटेकै दिन सरकारले एसपीपीबाट बाहिरिने निर्णय गर्यो ।
असार मसान्तमा इम्बोस्ड नम्बर प्लेट लगाउन सरकारले बाध्यकारी सूचना जारी गरेपछि प्रतिपक्षी दलभन्दा पहिला विरोध गरेर गगनले आमजनताको आवाज बोले ।
सत्तारुढ दलकै बेञ्चमा उभिएर गगनले इम्बोस्ड नम्बरप्लेटमा जबरजस्ती गरिए जनअवज्ञा हुने चेतावनी पनि संसद्मा दिए । फलस्वरूप सरकार पूर्ववत् निर्णयबाट पछि हट्यो । उनले बोलेको कुरालाई एमालेका नेता भीम रावलले नामै लिएर समर्थन जनाएका थिए, संसद्मा । अर्थात्, जनताको एजेण्डा मुखरित गर्ने कुरामा उनी अगाडि देखिन्छन् ।
सिसडोलबासीले अवरोध गरेपछि काठमाडौंको फोहोर नउठेर नवनिर्वाचित मेयर बालेन साहको पसिना छुटेको थियो । काठमाडौंका अन्य सांसदहरू मौन बसेको समयमा फोहोर व्यवस्थापनमा उनले बालेनलाई सघाएनन् मात्र संसद्मा पटक–पटक कुरा उठाए । विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले बञ्चरेडाँडामा गरिएका वाचा पूरा गर्न बजेट माग गरे ।
काठमाडौंमा फ्लाइओभर नबनाएर भएपनि फोहोरको दीर्घकालीन व्यवस्थापनमा जोड दिए । जुन कुरा काठमाडौंका अन्य सांसदले गर्न सकेनन्, गरेनन् ।
देशमा रासायनिक मलको हाहाकार भएको समयमा गगनले संसद्मा सरकारलाई जवाफदेही बनाउने कोशिश गरे । रासायनिक मलको समस्या देखाउने मात्र होइन समाधानको उपाय समेत उनले सुझाएका हुन्छन् । विगतमा संसदीय समितिको सभापति रहेको समयमा उनले नेपालको कृषि क्षेत्रको आधारभूत समस्याको विषयमा अध्ययन गरेका थिए ।
अन्य नेताहरूजस्तो उनी पत्रपत्रिकामा आएको समाचारको आधारमा धारणा बनाएर संसद्मा बोल्दैनन् । पर्याप्त अध्ययन गरेर बोल्ने भएका कारण संसद्को शून्य समयमा (एक मिनेट) बोल्दा पनि ब्यानर न्युजको कन्टेन्ट दिएका हुन्छन् । त्यसैले उनी समकालीन अन्य नेताभन्दा केही फरक छन् ।
भन्नुको तात्पर्य देशको प्रमुख कार्यकारी बन्नका लागि गगनले केही योग्यता, क्षमता देखिइसकेका छ । अपवादबाहेक अहिलेसम्म सिंहदरबारमा बस्नेहरूसँग भिजन शून्य थियो, केबल प्रजातन्त्रका लागि यति वर्ष जेल या जंगलमा बसेको भन्नुबाहेक ।
कांग्रेसले ‘रिकग्नाइज’ नगरेका गगन भर्सेस भावी प्रधानमन्त्री गगन !
देशमा गणतन्त्र स्थापनाको डेढ दशक बितिसक्दा पनि नेपाली सेनाका रिटायर्ड सेनापतिहरू देशमा गणतन्त्र स्थापना भएको कुरालाई अझै आत्मसात गर्दैनन् । नेपाली कांग्रेसमा एउटा पुस्ता त्यस्तै छ, जो गगनलाई अहिले पनि नेविसंघको कार्यकर्ता देख्छ ।
गगनले त्रिचन्द्रमा विद्यार्थी राजनीति गर्दा कांग्रेसको केन्द्रीय सदस्य रहेको त्यो पुस्ता अहिले पनि केन्द्रीय सदस्यमै बसिरहेको छ । कांग्रेसमा लागेको त्यो खिया नयाँ पुस्तालाई सकेसम्म अगाडि बढ्न दिँदैन ।
शेरबहादुर देउवा या ७० कटेका नेताको परिक्रमा गरेर राजनीतिको भकारो ओगटेको पुस्ताले गगन विश्वप्रकाशलाई अगाडि बढ्न निश्चय पनि सहयोग गर्दैन ।
२०४८ सालको ह्याङओभर पालेको कांग्रेसको त्यो ब्ल्याक एण्ड ह्वाइट पुस्ता अहिलेका युवाको आवश्यकता र चाहनाबाट पूरै बेखबर छ ।
ठेक्का पट्टाको कमिसनले टिकट फुत्काउने र चुनाव जित्न सकिन्छ भन्ने दिग्भ्रमबाट उनीहरू मुक्त छैनन् । परम्परागत दललाई चुनौती दिने गरी युवा पुस्ता बालेन र रवि लामिछानेप्रति आकर्षित भइरहेकोबारे उनीहरू लगभग बेखबर जस्तै छन् । एउटा पत्रकारले पार्टी खोल्ने घोषणा गर्दा सभागृह मात्र होइन भीड सडकसम्म आइपुग्छ, देशमा हुन लागेको राजनीतिक रुपान्तरणबारे कांग्रेसको त्यो तह बेखबर छ ।
कात्तिक या मंसिरमा हुने निर्वाचनपछि पनि फेरि उनै पुराना अनुहारलाई छैटौंपटक या तेस्रोपटक प्रधानमन्त्री बनाउने एजेन्डालाई जनताले अनुमोदन गर्लान् ? या कांग्रेसले कोही बिकाउ अनुहारलाई अगाडि सार्ला ? प्रधानमन्त्रीका लागि कांग्रेसले अघि सार्ने बिकाउ अनुहार को हो ? तमाम् सबाल अनुत्तरित छन् ।
सर्वगुण सम्पन्न नेता गगन पनि होइनन्, अन्य नेताजस्तै उनीमाथि गफाडीको आरोप नलाग्ने होइन । आरोप लगाउनका लागि त कुनै प्रमाण चाहिँदैन ।
यति लेखेबापत गगन थापाबाट पैसा खायो भनेर पनि लेख्दिन्छन् । पश्चिमा राष्ट्र खासगरी अमेरिकाको एजेन्डा बोक्ने गरेको आरोप उनीमाथि थोपरेको देखिन्छ, सामाजिक सञ्जालमा । तर जसले जे जस्तो आरोप लगाए पनि नेपालमा कार्यकारी पदमा पुग्ने सम्भावना भएको र परीक्षण हुन बाँकी नेता गगन हुन् । स्थानीय तह निर्वाचनमा कांग्रेसले उल्लेख्य सफलता हासिल गर्नुको पछाडि गगन र विश्वप्रकाशको नामले पनि काम गरेको छ ।
राप्रपापछि नेपालको दोस्रो कन्जरभेटिभ पार्टी कांग्रेसले गगन जस्तो युवालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेर चुनावमा जाने सम्भावना त कम छ, तर ग्राउन्ड बुझ्ने हो भने अगाडि सार्नुपर्ने बाध्यता पनि छ ।
अहिले सत्तामा रहेका मूर्तिलाई देखाएर जनताले पत्याउनेवाला छैनन् । प्रधानमन्त्री एटेम्ट गर्ने घोषणा गरेका गगनलाई कर्नरमा पार्न र निर्वाचनमा पछार्न स्वतन्त्रदेखि पार्टीभित्रकै नेताहरू लाग्ने कुरामा द्विविधा छैन । गगनको उदयले आफ्नो भविष्य अँध्यारोमा परेका नेताहरू यो चुनावमा गगनलाई हराउन सबै ढंगले लाग्नेछन् ।
कांग्रेस त्यो पार्टी हो जसले गगनलाई नेविसंघको सभापति बन्न रोक्यो । २०६४ सालमा चुनाव जितेर आएको माओवादीलाई पाँच महिनासम्म सत्ता हस्तान्तरण गर्न रोक्यो । २०७४ सालमा पनि सत्ता हस्तान्तरणमा किचलो गर्यो । यो कन्जरभेटिभ संयन्त्रले राजनीतिमा लाग्न प्रेरित धेरै प्रतिभाहरूलाई उठ्न दिएको छैन ।
देशभर स्वतन्त्र उम्मेदवारको लहर चलिरहेको र काठमाडौंमा तुफान नै चलेका बेला कांग्रेसलाई हुनसक्ने क्षति रोक्नसक्ने पहलकर्ता गगन हुन् । प्रजातन्त्रका लागि लडेको, निरंकुशताविरुद्ध लागि लडेको या ‘कम्युनिस्ट आए भने रुन पनि पाइँदैन’ भन्ने रुन्चे कुरा गरेर अब जनताले कांग्रेसलाई भोट दिने वाला छैनन् । यी कुराको ब्याज कांग्रेसले धरै खाइसकेको छ । ती एजेन्डा भुत्ते भइसकेका छन् ।
मंसिरको चुनावपछि नेपालको राजनीतिले कोल्टे फेर्छ कि फेरि अर्को दलदलमा फस्छ भन्ने कुरा हेर्न बाँकी नै छ । दलहरूमा रूपान्तरण र पुस्तान्तरण भएन भने मतदातामा आएको चेतनाका कारण ठूला दलको ओरालो यात्रालाई कसैले रोक्ने छैन । २०७९ सालका सचेत जनता २०४६, २०६३ या २०७४ सालका जनताभन्दा धेरै चलाख छन् ।
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...