×

NMB BANK
NIC ASIA

हेटौंडाका भीमको खेलप्रेम : आर्थिक अभाव टार्दै फूटबल प्रशिक्षक

असार ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

खेल र खेलाडीलाई राष्ट्रिय गहनाको रूपमा लिइँदै आएको पाइन्छ । खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगितामा सहभागी हुँदै राष्ट्रको गौरव बढाउने काममा समेत अहम् भूमिका खेलेको देखिन्छ । त्यसैले पनि विश्वका विकसित भनिएका राष्ट्रहरूले आ–आफ्ना विशेष प्राथमिकताका खेल निर्धारण गर्दै अन्य खेलको दाँजोमा पूर्वाधार निर्माण, खेलाडी उत्पादन र खेलाडी संरक्षणका लागि भन्दै बढी बजेट विनियोजन गर्ने गरेको पाइन्छ ।

Muktinath Bank

ब्राजिल, अर्जेन्टिना लगायत देशले फूटबल खेललाई बढी प्राथमिकता दिएको पाइन्छ भने छिमेकी देश भारतले क्रिकेटलाई महत्त्व दिएको पाइन्छ । विकसित देशहरूको तुलनामा विकासोन्मुख र अल्पविकसित देशहरूमा खेल क्षेत्रमा गरिने लगानी क्रमशः सुधारोन्मुख देखिए पनि कार्यान्वयनको तहमा फितलो हुन पुग्दा राज्यले गरेको लगानी अनुसारको नतिजा देखिँदैन । त्यसैले पनि नेपालको सन्दर्भमा राम्रा खेलाडीहरू खेल क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित नदेखिएपछि विदेश पलायन भइरहेको समेत देख्न सकिन्छ तर केही यस्ता खेलाडी र प्रशिक्षक पनि देख्न सकिन्छ, जो आफ्नो जीवनको ऊर्जावान युवा अवस्था खेल र खेलाडी उत्पादनमा तल्लिन रहेका भेटिन्छन् । त्यसैमध्ये हेटौंडाका ३७ वर्षीय युवा फूटबल प्रशिक्षक हुन् भीम लामा ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेटौंडा उपमहानगरपालिका–४ स्थित पारिजात पथमा सामान्य मध्यम परिवारमा जन्मेका उनी १२–१३ वर्षको उमेरमा फूटबल खेलमा प्रवेश गरे । घरको आर्थिक अवस्था कमजोर रहे पनि  खेल क्षेत्रमै केही गर्छु भन्ने हुटहुटी भने उनीमा रहिरह्यो । उनी खेल क्षेत्रमा लाग्दै गर्दा आर्थिक स्थिति कमजोर रहेकै कारण घरपरिवारबाट राम्रो साथ सहयोग नपाए पनि उनको खेल कुशलताका कारण हेटौंडमा भने परिचित भइरहे ।


Advertisment
Nabil box
Kumari

राष्ट्रकवि माधवप्रसाद घिमिरेका कवितामा ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल’ भनिएजस्तै उनले परिवारमा आर्थिक स्थिति कमजोर भएकै कारण भोग्नुपर्ने समस्याहरूबीच खेल क्षेत्रलाई निरन्तरता दिइरहे ।

Vianet communication
Laxmi Bank

अन्ततः लामाले २०६३ सालमा आफ्नो मेहनत र खेल कौशलता कारण १७ वर्ष उमेर समूह अन्तर्गत अखिल नेपाल फूटबल संघ (एन्फा) मा ईन्ट्री गरे । एन्फाको तेस्रो म्याचको रूपमा ईन्ट्री गरेर केही समय बस्ने र सिक्ने अवसर पाएको लामाले बताए ।

त्यसलगत्तै उनले संकटा क्लबबाट ए डिभिजन लिग खेले, बी डिभिजनका खेलहरू स्टार क्लब, स्वयम्भु क्लब, फ्रेन्स क्लबबाट खेले । मौफसलमा हुने विभिन्न फूटबलका प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्बलबाट पनि केही खेलहरू खेलेको उनले बताए ।


 
प्रशिक्षकको भूमिकामा लामा

२०७२ सालमा हेटौंडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको खेल मैदानमा पूर्व राष्ट्रिय टीमका फूटबल खेलाडी जीवन लामाले केही संख्यामा फूटबलमा रुचि भएकाहरूलाई फूटबल सिकाउँदै आएका थिए । लामा पनि त्यहाँ नियमित रूपमा ट्रेनिङ गर्न पुग्ने गर्थे ।

यसरी नै फूटबल खेल सिक्ने र सिकाउने क्रम जारी रहँदै गर्दा प्रशिक्षक रहेका पूर्व राष्ट्रिय फूटबल खेलाडी जीवन लामा विशेष कामका लागि भन्दै काठमाडौं जानुपर्ने भयो । केही दिन तिमीले हेरिदिनुपर्‍यो भन्ने भीम लामालाई सहयोगको अपेक्षा व्यक्त गरे । त्यसलगत्तै जीवन लामा काठमाडौं पुगे भने भीम लामाले प्रशिक्षकको रूपमा भूमिका निर्वाह गरे । केही दिनका लागि काठमाडौं पुगेका जीवन उतैबाट खबर नै नगरी जापान गए ।

त्यसपछि भीम लामाको काँधमा नयाँ जिम्मेवारी थपियो । उनले केही समय भुटनदेवीको मैदानमै खेल प्रशिक्षण गराए पनि केही समयपछि हेटौंडा–४ स्थित हुप्राचौरको खेल मैदानमा प्रशिक्षण गराउन शुरू गरे ।
 
२०७२ सालमा हेटौंडा फूटबल एकेडेमी दर्ता गराए उनले । हाल उनले फूटबल एकेडेमीमा १४ महिला र २६ पुरुष गरी ४० जना ७ वर्षदेखि २० वर्ष उमेर समूहलाई प्रशिक्षण गराइरहेका छन् । उनले बिहान ७ बजेदेखि १० बजेसम्म फूटबल प्रशिक्षण गराउँदै आएका छन । एकेडेमीमा भर्ना शुल्क स्वरूप १ हजार रुपैयाँ र मासिक ५०० रुपैयाँ तिर्नुपर्ने भए पनि अधिकांश निम्न वर्गीय परिवारका खेल्न आउने भएर कतिसँग पैसा पनि नहुने भएकाले त्यत्तिकै सिकाउँदै आएको लामाले बताए ।

‘घरको भात खाएर, धन भएर भन्दा पनि मन भएर केही गर्छु भनेर यो क्षेत्रमा आएको छु । मासिक ५–७ रुपैयाँ नि उठ्न गाह्रो छ । घरकाले साथीभाइ सबैले त गरीबले सक्दैनस् गर्न, विदेश जा भनेर सुझाव दिन्छन् तर म जन्मेको नै फूटबलका लागि जस्तो मात्र लाग्छ,’ उनले भने, ‘जन्मेदेखि अहिलेसम्म अरु सिकिनँ, आफूसँग भएको–जानेको फूटबल नै हो । यो छाडेर म कहाँ जाउँ ? खेल क्षेत्रको विकासका लागि सरकारले ठूलो धनराशी खर्च गर्छ तर हालसम्म पनि स्थानीय र प्रदेश सरकारको १ रुपैयाँ पनि सहयोग प्राप्त भएको छैन ।’

लामा भन्छन्, ‘मसँग केही छैन । कोठामा बस्छु । घरमा आमा, बुवा, भाइ, बुहारी, भतिज र आफूसहित ५ जना छौं । मेरो मासिक कमाइ राम्रो छैन । दिनचर्या चलाउन पनि गाह्रो छ । यही एकेडेमीमार्फत खेलाडी उत्पादन गर्न लागेको छु । मेरो उमेर समूहको सँगै खेलेका  साथीहरू पैसा कमाउन विदेश गए, म यता कमाउनुपर्ने समयमा खेलाडी उत्पादनमै व्यस्त छु । एकेडेमी पनि जसोतसो चलाइरहेको छु । खेल्न आउनेहरूका लागि ट्रेनिङ किट्स, बलहरू साथीभाइको सहयोगबाट सञ्चालन गरिरहेको छु । यस्तो सहयोग थोरैले मात्र गर्छन् ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फूटबल खेलाडी मकवानपुरबाट उत्पादन गर्छु भनेर आफूसँग केही नभए पनि निरन्तर लागिरहेका लामाले बताए ।

एकेडेमी सञ्चालन गरेको छोटो समयमा नै उनले ए डिभिजन खेल्ने २ जना खेलाडी र बी डिभिजन खेल्ने ८ जना र सी डिभिजन खेलाडी खेल्ने ४ जना उत्पादन गरेको बताए । आफूले सानो उमेरबाट सिकाएको खेलाडी राष्ट्रिय प्रतियोगिताका खेलमा खेल्दै गर्दा धेरै खुशी लाग्ने गरेको र त्यस्तो समयमा आफ्नो सबै दुःख बिर्सने गरेको समेत लामाले बताए ।

हाल आफूले पनि एएफसी बी लेभलको लाइसेन्स लिएको  बताउँदै उनले भने, ‘म निस्वार्थ रूपमा राम्रा खेलाडी उत्पादनको मिसनमा छु । खेलाडीलाई सिकाउनु मात्र ठूलो कुरा होइन, अनुभव बटुल्न बढीभन्दा बढी प्रतियोगितामा सहभागी हुनुपर्छ । प्रतियोगितामा हुने खेलहरूको दौरान मात्र खेल प्रदर्शन गर्न सक्छन्, जुन राम्रोसँग गर्न सकिरहेको छ्रैन । प्रतियोगितामा खेल खेल्दै गर्दा, कतै टीम लैजाँदै गर्दा आर्थिक पाटो जोडिन पुग्छ । हामी आर्थिक रूपमा धेरै कमजोर छौं । मन भएर, खेलाडी भएर पनि खेल्न जान र टीमलाई अन्यत्र लैजान सक्दैनौं ।’

यदि कोही कसैले सहयोग गरेको खण्डमा मात्र प्रतियोगितामा सहभागी हुने गरेको लामाले बताए । व्यक्तिगत तथा विभिन्न संघसंस्थाले सहयोग गर्ने हो भने राष्ट्रिय स्तरमा राम्रा खेल्ने खेलाडी उत्पादन गर्दै मकवानपुरलाई फूटबलको हबको रूपमा विकास गरेर देखाउने लामाले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x