१० असार २०८३, बुधबार

एमबिबिएस अध्ययन गर्न १० लाख छात्रवृत्ति

एमबिबिएस अध्ययन गर्न १० लाख छात्रवृत्ति

दार्चुलाको मार्मा गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेका एक उत्कृष्ट विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गाउँपालिकाले शुक्रबार ल्याएको आगामी आव २०७९÷८० को नीति तथा कार्यक्रममा वार्षिक एक जनालाई रु १० लाख छात्रवृत्ति स्वरुप रकम उपलब्ध गराउने भएको हो । 

गाउँपालिका अध्यक्ष जमनसिंह धामीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिकामा स्थायी घर भएको, गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गरेको एक उत्कृष्ट विद्यार्थीलाई एमबिबिएसमा छात्रवृत्ति उपलब्ध गराइने उल्लेख छ । गाउँपालिकाले स्तरोन्तति भएर १० शैय्याको अस्पतालको रुपमा स्तरवृद्धि भएको लटिनाथ स्वास्थ्य चौकीमा अढाई वर्षभित्र भवन निर्माण गर्ने भएको छ । गाउँपलिकाभित्रका स्वास्थ्य चौकी भवन दुई वर्षभित्र निर्माण सम्पन्न हुने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    अस्पतालको प्रयोगशाला, एक्सरे, अल्ट्रासाउण्ड, डेन्टललगायत सुविधा सुदृढीकरण गर्दै लग्ने उल्लेख छ । हरेक गाउँमा विशेषज्ञसहितको घुम्ती सेवा सञ्चालन गरिने गाउँपालिकाले नीति लिएको छ ।

यसैगरी दुहुँ गाउँपालिकाले सामुदायिक विद्यालयबाट एसइई उत्तीर्ण गरी प्रवेशिका परीक्षामा नाम निकाल्ने एक÷एक विद्यार्थीलाई एमबिबिएस र बिई अध्ययनका लागि ५० प्रतिशत रकम उपलब्ध गराउने भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्