११ साउन २०८३, सोमबार

युनाइटेड सिमेन्ट्सद्वारा स्कुल ड्रेस वितरण

युनाइटेड सिमेन्ट्सद्वारा स्कुल ड्रेस वितरण

युनाइटेड सिमेन्ट्सले ललितपुरको लेलेमा रहेका सरकारी तथा निजी विद्यालयमा अध्ययनरत ७३ विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको छ ।

कम्पनीले लेलेस्थित महादेव खोलाका  सरकारी तथा निजी विद्यालयमा अध्ययनरत  विद्यार्थीलाई स्कुल ड्रेस वितरण गरेको हो ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महादेव युवा क्लबका अध्यक्ष अर्जुन लामाको अध्यक्षतामा गरिएको सो कार्यक्रममा युनाइटेड सिमेन्ट्सका खानी प्रबन्धक हरि कुमार उप्रेतीले स्कुल ड्रेस वितरण गरे।

सो कार्यक्रममा एस. एम. रोडा ढुंगाको पनि सहयोग रहेको थियो।

युनाइटेड सिमेन्ट्सले विगतमा पनि स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम गरेको थियो र भविष्यमा पनि यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। 
 

salt training

कमेन्ट गर्नुहोस्