१० साउन २०८३, आइतबार

पाकिस्तानको रावलपिण्डीमा विषालु ग्यास निस्कँदा ५ जनाको मृत्यु

असार १४, २०७९
पाकिस्तानको रावलपिण्डीमा विषालु ग्यास निस्कँदा ५ जनाको मृत्यु

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको रावलपिण्डी शहरको एउटा इनारमा विषालु ग्यास निस्कँदा मंगलवार कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार रावत क्षेत्रमा रहेको इनार सफा गर्न एकजना मानिस भित्र पसेका थिए तर विषाक्त ग्यासका कारण बेहोस भएका थिए ।

बेहोस भएको व्यक्तिलाई बाहिर निकाल्न अन्य सात जना इनारभित्र पसेका थिए, दुर्भाग्यवश उनीहरु पनि बेहोस परेको सिन्ह्वाले उल्लेख गरेको छ ।

उक्त खबर पाएलगत्तै प्रहरी र उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्य शुरु गरेको समाचारमा जनाइएको छ ।

सो घटनामा परी निसास्सिएर पाँच जनाको मृत्यु भएको छ भने अन्य तीन जनालाई जीवितै उद्धार गरी अस्पताल लगिएको सिन्ह्वाले जनाएको छ । रासस-एएनआई

salt training

कमेन्ट गर्नुहोस्