११ साउन २०८३, सोमबार

सिप्रदीद्वारा राष्ट्रिय सवारी चालक प्रशिक्षण कार्यक्रम सम्पन्न

सिप्रदीद्वारा राष्ट्रिय सवारी चालक प्रशिक्षण कार्यक्रम सम्पन्न

सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदीयन सहायता संस्थाको सहकार्यमा राष्ट्रिय सवारी चालक तालिम कार्यक्रम सम्पन्न भएको छ ।

गत असार १ गते देखि असार ९ गतेसम्म तालिम आयोजना गरिएको थियो ।  

देशभरी फैलिएका सिप्रदीका सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरबाट ८९५ जना टाटा कमर्शियल गाडीका चालकहरुले सहभागीता जनाएका थिए ।

कार्यक्रममा बीएसआईभी प्रविधि सम्बन्धी ज्ञान प्रदान गर्नुका साथै सुरक्षित तथा किफायती ड्राइभिङ, गाडी चलाउदाँ चालकहरुले के कस्ता कुराहरूमा ध्यान दिँदा गाडीको कार्य क्षमता वृृद्धि गर्न सकिन्छ, गाडीको आयु बढाउन के गर्नु पर्छ तथा के गर्नु हुदैन, गाडी संचालन खर्चलाई न्यूनिकरण गर्ने उपाय आदिबारे प्रशिक्षण दिइएको थियो ।


 

salt training

कमेन्ट गर्नुहोस्