२९ असार २०८३, सोमबार

शाहरूखका छोरा आर्यनले किन ढक्ढकाए अदालतको ढोका ?

असार १७, २०७९
शाहरूखका छोरा आर्यनले किन ढक्ढकाए अदालतको ढोका ?

गत वर्ष भएको ड्रग अन क्रुज काण्डमा शाहरुख खानका छोरा आर्यन खानलाई एनसीबीबाट क्लिन चिट दिइएको छ । 

आर्यन खानले बिहीवार विशेष एनडीपीएस अदालतमा आफ्नो राहदानी फिर्ता गर्न माग गर्दै निवेदन दिएका थिए ।

यस मुद्दामा अदालतले एनसीबीलाई जवाफ पेश गर्न निर्देशन दिँदै सुनुवाइका लागि असार १३ गतेको मिति तोकेको छ । आर्यन खानलाई एनसीबीले गत वर्ष अक्टोबरको शुरुमा उच्च प्रोफाइल लागूऔषध मुद्दामा पक्राउ गरेको थियो । तर अनुसन्धान एजेन्सीले मेमा दायर गरेको आरोपपत्रमा उनको नाम अभियुक्तको रूपमा समावेश गरेको थिएन । त्यसपछि आर्यन यस मुद्दाबाट सफाइ पाएका थिए ।

एनसीबीले ‘पर्याप्त प्रमाणको अभाव’ भन्दै आर्यन खानसहित पाँच जनालाई रिहा गरेको हो । आर्यन खानले जमानतको शर्तमा अदालतमा पासपोर्ट बुझाएका थिए । 

बिहीवार उनले देसाई करिमजी र मुल्लाका आफ्नै वकिल अमित देसाई र राहुल अग्रवालमार्फत विशेष अदालतमा आफ्नो नाम नराखिएको आरोपपत्रलाई उद्धृत गर्दै राहदानी फिर्ता गर्न निवेदन दिएका थिए ।

२४ वर्षीय आर्यन खानलाई एनसीबीले गत वर्ष अक्टोबर ३ मा मुम्बईबाट गोवा जाने क्रुज जहाजमा छापा मारेर पक्राउ गरेको थियो । आर्यन खानले मुम्बई हाई कोर्टबाट जमानत दिनुअघि २० दिनभन्दा बढी जेलमा बिताएका थिए ।

आर्यन खान अभिनेताका रूपमा होइन निर्देशकका रूपमा सिनेमामा प्रवेश गर्न लागेका छन् भन्ने कुरा सबैलाई थाहा छ । पक्राउ हुनुअघि नै उनले शाहरुख खानको फिल्म पठानमा सहायक निर्देशकको रुपमा डेब्यु गरेका थिए । 

अहिले उनले सुटिङका ​​लागि विदेश जाने अनुमति मागेका छन् । शाहरुख खान र दीपिका पादुकोणको फिल्म ‘पठान’ जनवरी २०२३ मा रिलिज हुँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्