२९ असार २०८३, सोमबार

मधेश प्रदेशमा ‘छोरी शिक्षा बीमा’ कार्यक्रम निरन्तर

मधेश प्रदेशमा ‘छोरी शिक्षा बीमा’ कार्यक्रम निरन्तर

मधेश प्रदेश सरकारले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः शुरु भएको छ । दुई वर्षअघिदेखि रोकिएको उक्त कार्यक्रम सोमवारदेखि पुनः शुरु गर्न लागिएको हो । 

कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको उक्त कार्यक्रम सोमवारदेखि नै पुनः शुरू गर्न लागिएको शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले जानकारी दिए । 

यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीहरूको बीमा गरिँदै आएकोमा अब ग्लोबल बैंकसँग सम्झौता गरिएको उनले बताए । सम्झौतापत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुयाँल र ग्लोबल बैंकका प्रदेश प्रमुख सुजन श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

यस कार्यक्रम अन्तर्गत २०७८ माघ १ गते पछि जन्मिएका छोरीहरूको बीमा गर्ने गरिन्छ । बैंक र निर्देशनालयबीच भएको सम्झौता अनुसार बीमा गरिएको २० वर्षपछि रु तीन लाख दिने गरी प्रतिबीमा रु ३७ हजार ४५७ मधेश सरकारले बैंकलाई प्रिमियम तिर्नुपर्ने  छ । ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित ‘छोरी शिक्षा बीमा’  २०७५ फागुन ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्