२० असार २०८३, शनिबार

सुनको मूल्य तोलामा एक सय रुपैयाँ वृद्धि

सुनको मूल्य तोलामा एक सय रुपैयाँ वृद्धि

नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमवार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन मंगलवार प्रतितोला ९७ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।  

यसैगरी, मंगलबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमवार चाँदीको मूल्य १ हजार २ सय रूपैयाँ कायम गरिएको थियो।

salt training

कमेन्ट गर्नुहोस्