
हलेसी तुवाचुङ नगरपालिकाले बालविवाह रोक्न किशोरी परिचालन कार्यक्रमको सुरुआत गरेको छ । नगरपालिकाले वडा नं ३ च्यास्मिटारबाट उक्त कार्यक्रमको थालनी गरेको हो ।
कार्यक्रमका लागि नगरप्रमुख विमला राईले च्यास्मिटार माध्यमिक विद्यालयलाई रु ५५ हजार प्रदान गरेकी छन् । “अब बालविवाह रोक्न विद्यालयहरुमा किशोरीको समूह निर्माण गरिने छ”, प्रमुख राईले भनिन् । विद्यालयमा गठन भएका समूहले बालविवाह रोक्न विभिन्न जनचेतनामूलक कार्यक्रम गर्नेछन् । “पहिला परिवारकै सहमतीमा बालविवाहको चलन थियो, अहिले आफैँ भागेर बालविवाह गर्ने चलन बढिरहेको छ”, उनले भनिन् ।
बालविवाह रोक्नका लागि बालिका आफै सचेत हुनुपर्ने भएकाले उनीहरुकै नेतृत्वमा कार्यक्रम सुुरु गरिएको उनको भनाइ छ ।