१२ साउन २०८३, मंगलबार

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार

असार २४, २०७९
जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार

जापानका पूर्व प्रधानमन्त्री शिन्जो आवेमाथि गोली प्रहार भएको छ ।

गोली प्रहारबाट उनको अवस्था गम्भीर रहेको जापानी समाचार संस्था द जापान टाइम्सले जनाएको छ। 

उनलाई जापानको पश्चिमी शहर नारामा गोली प्रहार भएको त्यहाँको प्रहरीले जनाएको छ।

उनले आफ्नो स्वास्थ्य अवस्था जटिल बन्दै गएको भन्दै सन् २०२० को सेप्टेम्बर १४ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। ​ 

आवे जापानमा सबैभन्दा लामो समय कार्यकारी पदमा रहने नेता पर्छन्। 

उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए। तर आफूले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए।

सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवे आठ वर्ष लगातार प्रधानमन्त्री रहे। 


 

salt training

कमेन्ट गर्नुहोस्