०९ असार २०८३, मंगलबार

काभ्रे घटना : श्रीमतीसँगको ‘डिभोर्स’ पछि सँगै बस्थे राजाराम, कान्छीको नाममा थियो सबै सम्पत्ति

कात्तिक २०, २०७४
काभ्रे घटना : श्रीमतीसँगको ‘डिभोर्स’ पछि सँगै बस्थे राजाराम,  कान्छीको नाममा थियो सबै सम्पत्ति

काभ्रे, ९ साउन– शुक्रबार बनेपा बसपार्कमा रहेको गौतम भोजनालयमा एकै परिवारका चार जना मृत भेटिए ।
रहस्यमय रहेको अनुमान गरिएको मृत्यु प्रकरणबारे प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अनुसन्धान जारी राखिरहँदा घटनाका विषयमा नयाँ तथ्यहरु सार्वजनिक भइरहको छ ।

शुक्रबार होटल सञ्चालन गर्दै अाएका  राजाराम दाहाल, बाबु हरिभक्त दाहाल, अामा हरिमाया दाहाल,  बहिनी रञ्जनाको मृत्यु भएको थियो । 

बनेपा बसपार्कमा होटल व्यवसाय गर्दै आएका राजाराम दाहालका दुई श्रीमती रहेको र अंशबारे विवाद रहेको तथ्य सार्वजनिक भइसकको छ । कान्छी श्रीमती ल्याएसँगै राजारामकी जेठी श्रीमती छुट्टै वस्दै आएकी थिइन् ।

अंश विवादका बारे बुझ्न राजारामकी कान्छी श्रीमतीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । घटनाबारे थप रहस्य खुल्दै गएको छ ।

बनेपा नगरपालिका वडा नं. २ का राजाराम दाहालले उनकी कान्छी श्रीमती पूजा दाहालसँग घटना हुनुभन्दा आठ महिना अघि नै सम्बन्ध विच्छेद गरेको तथ्य खुलेको छ । सम्वन्ध बिच्छेद भएपनि उनीहरु संगै वस्दै आएका थिए ।

जेठी श्रीमतीलाई अंश नदिने प्रपञ्चका साथ आफ्नो नाममा रहेको जग्गा बसपत्रगरि सम्बन्ध विच्छेद गरिएको समाचारहरु सार्वजनिक भएका छन् ।

मृतक हरिभक्त दाहालका छोरा राजाराम दाहालले कान्छी श्रीमतिलाई ८ महिना अघि नै अंश दिएर २०७३ साल मंसिर १२ गते सम्बन्ध विच्छेद गरेको पाइएको हो । जेठी श्रीमतीलाई अशं नदिने उद्देश्यका साथ आफ्नो नाममा रहेको जग्गालाई बकस पत्र गरी सम्बन्ध विच्छेद गरिएको हुन सक्ने बताइन्छ ।

पूजाले श्रीमान राजाराम, ससुरा हरिभक्त र सासू हरिमाया दाहालको नाममा रहेको सम्पती २०७३ मंसिर ७ गते आफ्नो नाममा बकस पत्र गराई २०७३ साल मंसिर ९ गते जिल्ला अदालत काभ्रेमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी थिइन् ।

त्यसको चार दिन पछि मंसिर १२ गते जिल्ला अदालत काभ्रेबाट सम्बन्ध विच्छेद गरेको प्रमाण लिएको देखिन्छ ।
सम्बन्ध विच्छेदअघि आफ्नी मितिनीे निर्मला थापाको श्रीमान पशुपति श्रेष्ठको नाउँमा यस अघिनै गोप्य रुपमा राखिएको साविक दक्षुटोल १ मा रहेको कित्ता नं. ६७९ बाट कित्ता नम्बर ९७९ मा २ आना २ दामको जग्गा र सोही जग्गामा बनेको तीन तले घर पूजाले सम्बन्ध विच्छेद गरेको २३ दिन पछि पुस ५ गते बकस पत्र गरी लिएकी थिइन् ।

२०७३ साल मंसिर २ गते कित्ता नम्बर ७३० बाट हरिभक्त दाहालले टुकुचा गाविस वडा नं. ८मा रहेको ०–८–३–२ क्षेत्रफलको बारी आफ्नो नाउँमा अशं बुझिलिए । जसको कित्ता नम्बर ९६३ रहेको छ । कित्ता नम्बर ७३० बाटै छोरा राजारामले ०–८–३–१ जग्गा अशं बुझिलिए ।

तर मंसिर ७ गते पूजाले सासू हरिमाया दाहालबाट उग्रचण्डी नाला ६ को कित्ता नम्बर ३३४ नम्बरबाट ५ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा बकस पत्र गरि लिइन् ।

७ गते सासूबाट जग्गा बकस पत्र गरी लिएपछि मंसिर ९ गते जिल्ला अदालत काभ्रेमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराई मंसिर १२ गते आफ्नो छोरा बाबु राजाराम दाहालसँगै रहने संझौता गराई आफुले सम्बन्ध विच्छेद गरेको अदालतका एक कर्मचारीले बताए ।

सम्वन्ध बिच्छेद गर्ने तर संगै वस्ने भएका कारण यो विषयलाई आम सर्वसाधारण र छिमेकीले शंकाको रुपमा हेरेका छन् ।

बनेपाको पक्की घर र जग्गा पूजाले आफ्नो नाउँमा ल्याइन् । यसो गर्दा उक्त घर जग्गा सौता कमलालाई दिनु नपर्ने उनको बुझाइ रहेको पारिवारीक श्रोतको भनाइ छ । 

सबै सम्पती आफ्नो नाउँमा ल्याएपनि कानूनी मान्यता नदेखिने र कुनै न कुनै दिन उक्त सम्पती जेठी श्रीमतीको छोराले पाउने देखेपछि उनले सम्बन्ध विच्छेदका लागि राजारामलाई दवाव दिएको आशंका गरिएको छ ।

श्रीमतिको विस्वासमा परेका राजारामले श्रीमतिको योजना अनुसार सवै जग्गा जमिन उनकै नाममा गरिदिए । तर उनीमाथिको दवाव भने कायम रहेको थियो ।

सम्पति जवरजस्ति लिएपछि कान्छी श्रीमतीले पूजाले राजारमलाई मानसिक दवाव दिने गरेकी दाबी राजरामका अाफन्तले गरेका छन् ।

पूजाले श्रीमानलाई आफ्नो घरमा पनि बस्न नदिने र माइतीले दिएको होटल पनि बेचिदिने भनेरे राजारामलाई दवाव दिने गरेको र त्यसैका कारण उनको परिवारले यस्तो निर्णय लिएको हुनसक्ने उनी निकटस्थहरुले बताएका छन् ।

पूजा आफ्नो इच्छा अनुसार मात्र होटलमा वस्थिन् ।

घटना घटेको दिन दिउँसो राजाराम कि बहिनी रञ्जनाको बिहेको कुरा चलेको र बिवाहको लागि लाग्ने खर्च समेत पूजाले म दिन सक्दिन जे गर्नु छ आफैं गर्नु भनेर माइत हिडेकी आफन्तहरुको दाबी छ ।

आफूले सवै सम्पत्ति पूजानको नाममा गरिदिएपछि राजरामले विवाहको खर्चको व्यवस्था गर्न पूजासँग आग्रह गरेका थिए । तर उनले त्यसलाई अस्विकार गर्दै आइतबारसम्ममा होटल खाली गर्न चेतावनी दिएको राजारामका एक साथीले बताए ।

उनले दिएको दवावमा राजारामको परिवार परेको र घटना स्थलमा विषको भाडो भेटिएकाले यो हत्या वा आत्महत्या भन्ने एकिन हुन सकेको छैन ।

अनुसन्धान व्यूरोले शव काठमाडौं लगेको भएपनि पारिवारिक कुरा नमिल्दा पोष्टमार्टमसमेत हुन सकेको छैन । गाउँका वडा अध्यक्षसहित बसेर जेठी श्रीमतीका छोरा छोरीका लागि पनि राजारामको सम्पत्ति बाडँफाड गर्न खोजिएको भएपनि पूजाले त्यसलाई अस्विकार गरेकी छिन् । जसका कारण पोष्टमार्टम हुन सकेको छैन । सम्पतिको कुरा मिलाएर पोष्टमाटम गर्ने तयारी भएको पारिवारीक स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्