
हिमालयन र सिभिल बैंकबीच मर्जरको अन्तिम टुंगो नलाग्दा शुक्रवार हुने भनिएको दुई पक्षीय सम्झौता स्थगित भएको छ ।
हिमालयन बैंक र सिभिल बैंकबीच १ः०.८१ को स्वाप रेसियोमा कुरा मिलेको थियो । स्वाप रेसियोमा कुरा मिलेपछि शुक्रवार नै सम्झौता गर्ने तयारी भए पनि अन्तिम समयमा सम्झौता स्थगित भएको हो ।
सिभिल बैैंकका एक उच्च अधिकारीका अनुसार मर्जर भाँडिएको छैन । ‘दुवै बैंकबीच आपसमा कुराकानी भइरहेको छ, आज सम्झौता नभएको मात्रै हो मर्जरको विषय भाँडिएको होइन,’ ती अधिकारीले भने ।
नेपाल इन्भेस्टेमन्ट बैंकसँग मर्जर भाँडिएपछि सिभिलसँग मर्जर तयारी गरिरहेको हिमालयन बैंकले स्वाप रेसियोमा अन्तिम सहमति दिन नसक्दा सम्झौता हुन नसकेको हो ।
हिमालयन स्वाप रेसियो घटाउन चाहन्छ भने सिभिल बढाउन चाहन्छ ।