२३ असार २०८३, मंगलबार

भारतको अमरनाथमा 'क्लाउडब्रस्ट' हुँदा १६ जनाको मृत्यु, ४० बेपत्ता

असार २५, २०७९
भारतको अमरनाथमा 'क्लाउडब्रस्ट' हुँदा १६ जनाको मृत्यु, ४० बेपत्ता

भारतको अमरनाथस्थित पवित्र मन्दिर नजिकै शुक्रवार अपराह्न  'क्लाउडब्रस्ट' (बादल फुट्नु) हुँदा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ । ४० जना बेपत्ता भएका छन् ।

भारतको राष्ट्रिय विपद् व्यवस्थापन बलले दुर्घटनामा परेर बेपत्ता भएकाहरूको खोजी तथा उद्दारका कार्य तीव्र पारिएको जनाएको छ । 

एकसय जनाभन्दा बढी उद्धारकर्तासहितको चारवटा टोली घटनास्थलमा परिचालन गरिएको र हराएकाको खोजी जारी रहेको जानकारी दिँदै उक्त बलले वर्षा जारी रहे पनि उद्धारमा कुनै कठिनाइ नभएको बताएको छ । 

भारतीय वायु सेना, बीएसएफ, एसडीआरएफ, सीआरपीएफ र अन्य निकायले उद्धारका काम जारी राखेका छन् । चण्डीगढ र श्रीनगरमा वायु सेनाका हेलिकप्टर उद्धार उडान गर्न तत्परस्थितिमा रहेका छन् । 

अमरनाथ गुफा नजिकको स्थान जलमग्न भएकाले यात्रीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पानीको निकास तथा पहिरो प्रभावित सडक खोल्न सुरक्षा अधिकारी पनि परिचालन भएका छन् ।-रासस/एएनआई

salt training

कमेन्ट गर्नुहोस्