१९ असार २०८३, शुक्रबार

प्रदेश सरकारले १९ जना श्रष्टालाई पुरस्कृत गर्दै

प्रदेश सरकारले १९ जना श्रष्टालाई पुरस्कृत गर्दै

प्रदेश नंं. १ सरकारले १९ जना श्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । उनीहरूलाई भाषा, साहित्य, कला र संस्कृतिको क्षेत्रमा योगदान पु¥याएका आधारमा पर्यटन तथा संस्कृति मन्त्रालयले नगद राशिसहित सम्मान तथा पुरस्कृत गर्न लागेको हो । 

श्रष्टा सम्मानका लागि मन्त्रालयद्वारा छनौट समिति गठन भएको थियो ।  सोही समितिले नाम टुंगो लगाएको पर्यटन तथा संस्कृति मन्त्रालयका संस्कृति तथा पुरातत्व शाखा प्रमुख भेषराज न्यौपानेले जानकारी दिए ।  श्रष्टा सम्मान समारोह आउँदो असार २७ गते मंगलबार विराटनगरस्थित आरोहण गुरुकुलमा हुने मन्त्रालयले जनाएको छ ।

सम्मानित तथा पुरस्कृत हुने श्रष्टाहरूः
क.बालकृष्ण पोखरेल भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९
१.प्रा. डा गोबिन्द तुम्वाङ–सुनसरी(भाषा, साहित्य, अनुसन्धान)
२ प्रा. डा. कालुराम खम्बु–(के.आर. खम्बु)–झापा(अनुसन्धान, संस्करण)
ख.प्रदेश भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान– २०७९
१.टंक बहादुर खुलाल (मनु मन्जिल)
२.गोवर्धन तामाङ–उदयपुर(साहित्य)
३.विजय श्रेष्ठ– इलाम(मूर्तिकला)
४.भरत गुरागाईं–मोरङ(नाट्यकर्र्मी)
५.ममता गिरी–सुनसरी(साहित्य, लघुकथा)
६.गोपाल देवान–सुनसरी(नाटककार, निर्देशन)
७.वीरबहादुर लाप्चा– इलाम(लोक संस्कृति, संस्कृति संरक्षण)
८.हरि कट्टेल–सोलुखुम्बु(साहित्य)
९.मान सिंह थुलुङ–इलाम(संगीत)
१०.महेन्द्र राई–सुनसरी(चित्रकला)
११.जयन्तीरमण कण्ठ–सुनसरी(नाट्य अभिनयकर्मी)
१२.नवराज राई (नवराज वर्तमान)–भोजपुर(साहित्य, कथाकार, कवि)
ग.नवोदित भाषा, साहित्य, कला र संस्कृति श्रष्टा सम्मान पुरस्कार– २०७९
१.लिला उप्रेती(लिला अनमोल)–झापा(साहित्य)
२.यशोदाकुमारी लम्साल–सुनसरी(चित्रकला)
३.चेतन आङ्थुपो–इलाम(नाटक, निर्देशन)
४.मधुराज केरुङ–पाँचथर(चलचित्र, साहित्य)
५.विमला चिमोरिया–झापा(नाटक÷अभिनय)

salt training

कमेन्ट गर्नुहोस्