मंसिर ३, २०८०
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा आयोजित एक कार्यक्रममा भने– बल्खुस्थित एमाले पार्टी कार्यालयको प्रांगणमा एउटा रुद्राक्षको बोट थियो, त्यसैको मुनि बसेर मैले ड्राफ्ट गरेको वक्तव्य नै २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले वाचन गरेका थिए ।
ओलीको यो अभिव्यक्ति पछि अहिले विभिन्न कोणबाट टिकाटिप्पणी भइरहेको छ । गणतन्त्रमा एमालेको योगदान कति रहेछ भन्ने यसले पनि प्रस्ट पार्छ ।
अँ साच्चै, राजाको वक्तव्य कसले लेख्छ ? दरबारको सचिवले हैन ? त्यसो भए के ओली त्यतिबेला दरबारको सचिवमा नियुक्त भएका थिए वा उनलाई दरबारको स्थायी सभाले अघोषित कर्मचारीका रूपमा राखेको थियो ?
दरबारमा उनले तलबी रूपमा काम गरे वा बेतलबी त्यो उनको निजी मामिला हो । तर, त्यतिबेला नजरबन्दमा रहेका एमालेका तत्कालीन नेताहरू (जो अहिले एमालेमा छैनन्) क. झलनाथ खनाल, माधव नेपाललगायत माथि ठूलो घात गरेछन् । योभन्दा बेइमानी र अपराध अरू के हुन सक्छ ? किनकी खनाल र नेपाल दुवैलाई दरबारको आदेशमा नजरबन्दमा राखिएको थियो ।
त्यतिमात्र होइन लोकतान्त्रिक आन्दोलनको अर्को सहयात्री नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवालगायत सिंगो कांग्रेस दरबारको निशानामा थियो ।
सबै वाम घटक, नागरिक समाज, सञ्चारमाध्यम, मानव अधिकारकर्मी लगायत विभिन्न पेशागत संघ संगठनहरू दरबारविरुद्धको आन्दोलनमा केन्द्रित भएर लाठीचार्ज, अश्रुग्यास र गोली खाइरहेका थिए । कैयौं मानिस शहीद भए । घाइतेहरूको संख्या बढ्दै थियो, तर ओली भने दरबारको वक्तव्य लेखनमा सक्रिय रहेछन् ।
के एमाले त्यतिबेला राजाको कुनै भ्रातृ संगठनका रूपमा थियो र ? यदि थिएन भने लोकतान्त्रिक गणतन्त्रमा त्यस पार्टीले आफूमाथिको दाग कसरी हटाउन सक्छ ? अध्यक्ष ओलीको यो अभिव्यक्तिको शृंखला उनको त्यसअघि आन्दोलनकारीहरूमा निराशा पैदा गर्ने अभिव्यक्ति ‘बयलगाढा चढेर अमेरिका पुग्नु र आन्दोलनबाट गणतन्त्रमा पुग्नु एउटै कुरा हो’ भन्नेसँग पनि जोडिन्छ ।
यसले के सिद्ध गर्छ भने ओली कहीँ न कहीँ दरबारसँगको ‘नेक्सस’मा थिए र राजाको शाहीकालमा उनी पूर्वराजासँग ‘क्लोज कनेक्सन’मा थिए ।
‘गो ब्याक एमाले’
हो, राजनीतिक शक्तिमा कहिलेकाहीँ उतार–चढाव आउँछन् । त्यसको व्यवस्थापनका लागि जिम्मेवार र परिपक्व खालको भूमिका चाहिन्छ । नेकपा एमालेको पार्टी जीवनमा यतिबेला गम्भीर मोड आएको छ । जसले शासन व्यवस्थामा रहँदा एमालेका अपारदर्शी कामकारवाहीबारे जानकारी राखेको छ, त्यो तप्काको एमालेप्रतिको विश्वास गुमिसकेको छ ।
मान्छेहरूले किन ‘गो ब्याक एमाले’ भन्दैछन् भने आसेपासेहरूको भरणपोषणका लागि सरकारी संरचनामा यति धेरै भर्ती गरिए, त्यसको कुनै हिसाब छैन । हुँदाहुँदा ललितपुरको एकान्तकुनामा पानीजहाजको कार्यालय खोलेर मानिसहरूलाई जागिर खुवाइयो । राज्यको सम्पत्तिमाथि यतिसम्म दोहन गरियो कि झापाको एउटा चियाबारीको जग्गा अर्बौंमा बेच्न र विकट ठाउँको मूल्यहीन जग्गा सट्टापट्टा गर्न भूमिसम्बन्धी ऐन २०२२ संशोधन गरियो ।
गोकर्णको विशाल जग्गा यति ग्रुपलाई सुम्पिइयो । यस्ता अनगिन्ती काण्डहरू छन् । विरोधीहरूलाई तर्साउन राज्यका महत्त्वपूर्ण संयन्त्रहरू कब्जा गरियो र आफ्नै स्वायत्ततासहित काम गर्ने अन्य मन्त्रालय मातहतका संवेदनशील सरकारी एकाइहरूलाई नत्थी कसेर आफ्नो मातहत राख्ने गलत परम्पराको शुरूआत गरियो ।
कुर्सी बचाउन बिहान पश्चिमसँग टेलिफोन संवाद, दिउँसो उत्तरसँग भेटवार्ता र राति दक्षिणसँग अंकमाल गर्दै चौतर्फी अविश्वास र अस्थिरताको शुरूआत गरियो । सत्ता लालसाको यो भद्दा प्रहसनलाई नजिकबाट नियाल्नेहरूले ‘गो ब्याक एमाले’ भन्दैछन् र त्यो आवाजलाई मत्थर गर्न एमाले आज सबैभन्दा ठूलो आवाज निकालेर अनावश्यक विषयमा चिच्याइरहेको छ ।
‘कम ब्याक एमाले’
अध्यक्ष ओली र त्यसवरिपरिको एउटा घेरा देशभर फैलिएको छ । राज्यदोहनबाट प्राप्त लाभका स–साना थोपाहरूमा त्यसको सहभागिता छ । ‘ओलीबा’ भन्ने त्यो तप्का ओलीविना आफ्नो भविष्यमाथि संकट देख्छ । व्यक्तिगत लाभका लागि ओलीबा र ओलीबाको हैकमी फोरम त्यसलाई चाहिन्छ नै । त्यसकारण ओली प्रभावित एउटा जमात ‘कम ब्याक एमाले’ भन्ने संकल्पसहित दिलोज्यान दिएर लागेको छ । ओलीबाको आशिर्वादमा क्रसरको लाइसेन्स पाउनेहरूले खोलामै नारा लाउँछन्, एमाले कम ब्याक, ओलीबा हाई–हाई ।
ओलीकै आशिर्वादमा सडकदेखि भवन हुँदै विभिन्न ठाउँमा ठेक्कापट्टा पाउनेहरू जो जहाँ छन्, उनीहरूले त्यहीँबाट एमाले कम ब्याकको नारा लाउँदैछन् । ओलीको आशिर्वादमा कर छूट पाएका र सत्तालाभमा सहयात्रा गरेका मिडियाहरूले अखबारका हेडलाइनमार्फत नारा घन्काउँदै छन्, एमाले कम ब्याक भनेर । सुरक्षा–प्रशासन र विभिन्न क्षेत्रमा राज्यदोहनको लाभका अंशियारहरू पुरानो गुन तिर्न र नयाँ नुनको जोहो गर्न एमाले कमब्याकको पक्षमा छन् । यसकारण ओलीको ‘कमब्याक’ हुँदा राज्यदोहनको कुनै सीमा रहने छैन ।
ल एकछिन विगतमा उनी कहाँ थिए भन्ने कुरालाई बिर्सिदिऊँ । उनले के गरे भन्ने कुरालाई पनि बिर्सिदिऊँ, तर पनि सत्तामा रहँदाको अपारदर्शितालाई पुनः दोहोर्याउने मनशाय उनमा प्रस्ट छ । त्यतिमात्र होइन आज पनि उनको लगाव कहीँ न कहीँ राजदरबारसँग देखिन्छ । अझ यसमा रोचक पक्ष त के छ भने जुन मदन भण्डारीले राजालाई श्रीपेच खोलेर चुनावी मैदानमा ओर्लन आह्वान गर्थे तिनै मदन भण्डारीको जबजका साखुल्य व्याख्याता केपी ओली नै छन् । आज पनि ओली त्यही केन्द्रीकृत शासन प्रणालीका पक्षधर हुन्, शासन प्रणाली संघात्मक हुने र यसमा शक्तिको विन्यास हुने कुरा उनका लागि सर्वथा अस्वीकार्य छ ।
हुन त एमाले त्यस्तो पार्टी हो, जो अरूले सामान्य त्रूटि गरेको आशंकाकै भरमा अपराधी करार गर्न भ्याउँछ । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति मन्त्रालय घुसेको विषयमा सदनमा छानबिन समिति बनिसकेको थियो, तर एमाले सांसदहरूले माओवादी नेता समेत रहेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई अपराधी भन्ने भाषा प्रयोग गरे । त्यही कुरा अरू कुनै पार्टीका सांसदले गरेको भए सदन अवरुद्ध हुन्थ्यो । संसदीय मर्यादाविपरीतको हर्कत भन्दै हंगामा हुन्थ्यो र दुईचार दिन सदन स्थगनका लागि अर्को कुनै बहाना चाहिने थिएन । वास्तवमा त्यो एमाले सांसदले बोल्दा पनि संसद्मा नियमापत्तिको विषय थियो र सदनको रेकर्डबाट हटाउनुपर्ने थियो ।
यद्यपि माओवादी सांसदहरूले त्यसलाई त्यति धेरै गम्भीर रूपमा लिएनन् । जहाँसम्म अपराधको कुरा छ, योगेश भट्टराई र घनश्याम भुसालहरूले २०५४ को एमालेको छैटौं राष्ट्रिय महाधिवेशनका क्रममा तयार पारिएको एउटा बुकलेट थियो, जसको नामै एमालेका ५१ बुँदे अपराध राखिएको थियो । एकपटक योगेशजीले आफैँले तयार पारेको त्यो पुस्तिका फेरि पल्टाउँदा अपराधी को हो भन्ने थाहा हुन्छ । महाकालीमा गरिएको राष्ट्रघात आम मानिसहरूका आँखाअगाडि दिनको घामजत्तिकै क्लियर छ ।
पार्टीमा ओलीको एकल उदय र सत्ता रजगजपछिको अवस्था हेर्ने हो भने इतिहासमा सबैभन्दा बढी यो देशको ब्रह्मलुट भयो । क. घनश्याम भुसालकै भाषामा अध्यक्ष ओलीबाट देश र जनतामाथि अपराध भयो र उनीसँग रहेका साइबर स्यालहरूले ओलीका गल्ती ढाकछोप गर्न न्वारनदेखिको बल लगाइरहे । यति संगीन आरोप ओलीमाथि अरू पार्टीभन्दा पहिले तत्कालीन एमाले पार्टीबाटै लाग्यो चाहे त्यो छैटौं महाधिवेशनको समय होस्, चाहे दुई वर्षअघि नेकपा विवाद हुँदाको समय किन नहोस् ।
आफैँभित्र एकले अर्कालाई अपराधी करार गर्ने एमालेले अरूलाई अपराधी भन्ने कुरामा धेरै चित्त दुखाउनुपर्ने त हैन, तर संसदीय मर्यादा आफ्नै ठेक्काको विषय ठान्ने एमालेकै सांसद वा कुनै प्रतिनिधिविरुद्ध त्यस्तो भाषा प्रयोग भए उसले के गर्छ, त्यो हेर्नलायक विषय हुनेछ । र, त्यसमा जरुर बहस हुनेछ ।
दरबारको वक्तव्य लेख्ने, गणतन्त्रलाई बयलगाडासँग तुलना गर्ने, एमसीसी सदनमा पुर्याउने, एसपीपी सम्झौता गर्ने, चियाबारीदेखि रिसोर्टका जग्गा बेच्ने र भाडामा लाउने काम एमालेले गर्ने अनि अपराधीचाहिँ अरू हुने ? त्यसैले दरबारको भ्रातृ संगठनको हैसियतमा रहेको पार्टी र राजाको निजी सचिवको हैसियतमा रहेका अध्यक्षले जनयुद्ध, प्रचण्डपथ, जनआन्दोलन, प्रचण्ड र तिनले ल्याएका एजेन्डादेखि नेता–कार्यकर्ताको हुर्मत लिने एवं परिवर्तनकामी जनताको अपमान गर्ने अधिकार छैन ।
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...