×

NMB BANK
NIC ASIA

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार शुरू

असार २७, २०७९

NTC
Premier Steels

नबिल बैंक र नेपाल बंगलादेश बैंकले आजबाट एकीकृत कारोबार शुरू गरेका छन् । दुई बैंकको मर्जपछि नबिल बैंक लिमिटेड नामबाट एकीकृत रूपमा वित्तीय कारोबार शुरू भएको हो ।

Muktinath Bank

‘क’ वर्गको इजाजतप्राप्त नबिलले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ । यससँगै नबिल बैंक देशकै सबभन्दा ठूलो वित्तीय संस्था भएको छ ।


Advertisment
Nabil box
Kumari

‘नबिल र एनबी बैंक एकआपसमा प्राप्ति (एक्विजिसन) को औचित्यमाथि छलफलपश्चात बैंकप्रति सर्वसाधारणको विश्वास कायम गर्न यस्तो कदम चालेका हौँ’, बैंकका कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले भने ।
उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक हुनु सकारात्मक भएको बताएका छन् । यसबाट ग्राहकले अझै अझै विस्तारित सेवा प्राप्त गर्ने उनको भनाइ छ । 

Vianet communication

उनले मर्जरले बैंकिङ प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ कुशल तथा सक्षम बनाई बैंकिङ क्षेत्रको स्थायित्वमा टेवा पुर्‍याउने बताए । बैंक ठूलो भएसँगै बैंकिङ प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य क्षमता अभिवृद्धि गरी सर्वसाधारणलाई गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिइएको उनले बताए । 

‘हामीले हाम्रा निक्षेपकर्ता, लगानीकर्ता र सरोकारवालाहरूको हित संरक्षण गर्ने गरी देशव्यापी शाखाहरूको सञ्जाल विस्तार गर्नेछौँ,’ उनले भने, ‘वित्तीय सेवामा सर्वसाधारणको पहुँच अभिबृद्धि गर्ने पूँजीगत आधार सुदृढ गरी सम्भावित वित्तीय तथा ख्याति सम्बन्धी जोखिमलाई न्यूनिकरण गर्न अग्रणी भूमिका खेल्ने नीति लिनेछौँ ।’

सबै सूचकांकहरूमा अग्रणी स्थानमा कायमै रहने लक्ष्यका साथ एकीकृत कारोबार शुरू गरिएको उनको भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x