०३ असार २०८३, बुधबार

मण्डपमै बेहुलीले बेहुलालाई गराइन् 'कन्ट्र्याक पेपरमा साइन', भाइरल भयो भिडियो [भिडियोसहित]

असार २८, २०७९
मण्डपमै बेहुलीले बेहुलालाई गराइन् 'कन्ट्र्याक पेपरमा साइन', भाइरल भयो भिडियो [भिडियोसहित]

विवाहपछि पति–पत्नीले आफ्नो भूमिका कसरी निभाउने ?  

पतिले भनेको कुरा पत्नीले सबै मान्ने की पत्नीले भनेको पतिले सबैमान्ने ?

या दुवैको सल्लाह र समझदारीमा काम अगाडि बढाउने यो विषय निकै गहन  छ ।

सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ, जुन भिडियोमा पत्नीले पतिलाई ८ बुँदामा विभिन्न शर्त राखेकी छन् ।

विवाहको काम सम्पन्न हुनै लाग्दा मण्डपमै बेहुलीले बेहुलालाई ती बुँदामा हस्ताक्षर गर्न बाध्य पार्छिन् ।

यो सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तर यो वास्तविक हो ।

भिडियोमा देख्न सकिन्छ की मण्डपमै बेहुलीले बेहुलालाई एउटा कागजमा हस्ताक्षर गर्न लगाउँछिन् ।

मन लागी नलागी बेहुलाले त्यो कागजमा आफ्नो हस्ताक्षर गर्छन् ।

बेहुलीले विवाहपछि केके गर्ने भन्नेबारे ८ बुँदामा बेहुलालाई हस्ताक्षर गराएकी हुन् ।

जसमा महिनामा एक पटक र एउटामात्रै पिज्जा खाने, घरमा खाना खान सधैं सहमत हुने, आफूले हर दिन साडी लगाउने, मेरो साथमा मात्रै 'लेट नाइट' पार्टी गर्न सकिने, हरेक दिन जीम जानुपर्ने,  आइतवारको ब्रेकफास्ट तिमीले बनाउनुपर्ने, हरेक पार्टीमा राम्रो फोटो खिच्ने, हरेक १५ दिनमा शपिङ गर्न लैजानुपर्ने बुँदाहरू लेखिएको छ ।

अहिले यो भिडियोको सबैले तारिफ गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्