१३ असार २०८३, शनिबार

‘मै मोटी भएनी नाच्छु घुमेर’ सार्वजनिक

‘मै मोटी भएनी नाच्छु घुमेर’ सार्वजनिक

गीतकार वीरेन्द्र ढकालको लय तथा शब्द सिर्जनामा निर्माण गरिएको ‘मै मोटी भएनी नाच्छु घुमेर’ बोलको तीजको गीत सार्वजनिक भएको छ । 

तीज पर्व सुरु हुन केही समय बाँकी हुँदा गायिका सुनिता बुढा क्षेत्री र अमृता नेपालीको स्वरमा रहेको तीज गीत मङ्गलबार सार्वजनिक भएको हो । उक्त गीतमा टिकटकबाट ख्याति कमाएकी भावना आचार्य ‘लुरी’, गङ्गा शर्मा र सम्प्रिया खड्काको अभिनय छ । मदन खड्काको निर्देशन तथा राम केसीको छायाङ्कन रहेको उक्त गीतमा विकास ज्ञवालीले सम्पादन गर्नुभएको छ । 

तीजलाई लक्षित गरेर निर्माण गरिएको उक्त गीतमा मुख्यतया आफू मोटो भएनी नाच्न सक्षम भएको तथा अरु कसैको चियोचर्चा गर्नुहुन्न, आफूमा जे छ त्यसमा खुसी हुनुपर्छ भन्ने भाव व्यक्त गर्न खोजिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्