१० साउन २०८३, आइतबार

वेस्ट इन्डिजविरुद्ध बंगलादेशलाई सिरिज

असार ३०, २०७९
वेस्ट इन्डिजविरुद्ध बंगलादेशलाई सिरिज

घरेलु टोली वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिज बंगलादेशले एक खेल अगाबै जितेको छ ।

बुधवार राति भएको तेस्रो एकदिवसीयमा ९ विकेटको जीत निकाल्दै पाहुना टोली बंगलादेशले सिरिज आफ्नो बनाएको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ९ रनको लक्ष्य बंगलादेशले २० ओभर ४ बलमा १ विकेटको नोक्सानीमा पूरा गर्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ३५ ओभरमा अलआउट हुँदै १ सय ८ रन बनाएको थियो ।

यस जीतसँगै तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा बंगलादेश २-० ले अघि रहेको छ । 

पहिलो एकदिवसीय बंगलादेशले ६ विकेटले जितेको थियो ।

तेस्रो तथा अन्तिम एकदिवसीय शनिवार हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्