३१ असार २०८३, बुधबार

सनराइज बैंकले स्वीजरल्याण्डबाट भित्र्यायो २ अर्ब बढी ऋण

सनराइज बैंकले स्वीजरल्याण्डबाट भित्र्यायो २ अर्ब बढी ऋण

सनराइज बैंकले विदेशबाट २ अर्ब बढी ऋण भित्र्याएको छ । मुलुकमा तरलता अभाव रहेका बेला सनराइजले स्वीटरल्याण्डको एक बैंकबाट १ करोड ८६ लाख अमेरिकी डलर ऋण ल्याएको हो । त्यसको नेपाली रुपैयाँमा करिब २ अब ३७ करोड रुपैयाँ मूल्यांकन हुन आउने बैंकले जनाएको छ ।

तीन वर्षका लागि ऋणमा लिइएको उक्त रकमले नेपालमा हाल देखिएको तरलता अभावलाई सन्तुलन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । ‘देशमा तरलता अभाव रहेकोे अवस्थामा वैदेशिक ऋण भित्र्याउँदा हालको अवस्थामा आर्थिक गतिविधिलाई प्रोत्साहन मिल्ने देखिन्छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

उक्त रकम बैंकले आफ्नो लघु तथा साना र मझौला उद्योगीहरूलाई ऋण विस्तार गर्न प्रयोग गर्ने जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्