मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
साउन १, २०७९
वैशाख ३० गते सम्पन्न स्थानीय चुनावको पूर्वसन्ध्यामा सत्तारुढ दलका एक नेताले दिल्लीको भ्रमण गरेको थिए । सत्तारुढ भाजपा, कांग्रेसआई, केही साना वामपन्थी दल र बुद्धिजीवीसँग समेत भेट गरेका उनले भारतीय संस्थापनको निचोड यसरी सुनाए–
– नेपाली कांग्रेस र शेरबहादुर देउवालाई नजिक राख्ने, सहयोग गर्ने र नेपालभित्र अनुकूल वातावरण बनाइदिने ।
– नेकपा एमालेलाई टाढा जान नदिने, ज्यादै नजिक पनि नल्याउने । केपी ओलीसँग समदूरीको सम्बन्ध राख्ने ।
– माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग व्यक्तिगत रूपमा रुष्ट । उनीहरूलाई सहयोग नगर्ने ।
दिल्लीले ‘नरुचाएका’ प्रचण्डबाट आकस्मिक रूपमा भएको भारत भ्रमणले नेपालको राजनीतिमा ठूलै तरंग निम्त्याएको छ । चुनावको मिति घोषणा नहुँदै भावी प्रधानमन्त्रीका रूपमा उनलाई चित्रित गर्न शुरू भइसकेको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय संस्थापन पक्षको सम्बन्ध त्यति सुध्रिएको थिएन, भलै दोस्रोपटक प्रधानमन्त्रीको रूपमा भारत भ्रमणमा जानुअघि प्रचण्डले मोदीसँग मेरो ‘केमेस्ट्री’ मिल्छ भनेर अन्तर्वार्ता दिएका थिए । प्रचण्डले दाबी गरे पनि मोदीले केमेस्ट्री मिलेको स्वीकारेका छैनन् ।
भारतमा कांग्रेस आईको नेतृत्व छँदा १२ बुँदे समझदारी गरेर प्रचण्ड शान्ति प्रक्रियामा आएका थिए । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भारतले भूमिका खेलेको स्व. प्रणव मुखर्जीले विदेशमन्त्री रहेको बेला एक अन्तर्वार्तामा बताएका थिए । प्रचण्ड नेपालको राजनीतिको केन्द्रमा आएपनि कांग्रेस आईको ओरालो यात्रा शुरू भयो । कांग्रेसआई सत्ताच्युत भएपछि भाजपासँग नेपालको माओवादीको ट्युनिङ मिलेन ।
घनिष्टता नभएपनि प्रचण्डको दिल्ली आउजाउ चलिरह्यो । पहिलोपटक सत्ताबाट बाहिरिनु पर्दाको पीडा प्रचण्डले सडकबाट ‘मालिकसँग वार्ता गर्ने’ भन्दै भारतविरुद्ध आगो ओकलेका थिए । तत्कालीन राजदूत राकेश सूदविरुद्ध कयौं ठाउँमा कालोझण्डा र विरोध प्रदर्शन भएका थिए । नेपालीहरूले बिर्से पनि ती कुरा भारतीयले बिर्सिएका थिएनन् ।
सिद्धान्ततः भाजपा हिन्दू धर्मको पक्षमा छ र नेपाल पनि हिन्दूसापेक्ष होस् भन्ने चाहन्छ । यो कुरा उत्तर प्रदेशका मुख्यमन्त्रीले खुलेआम रूपमा भन्ने गरेका छन् । तर, प्रचण्ड धर्मनिरपेक्षताका हिमायती रहँदै आएका छन् । यस्तै कारणले भाजपासँग प्रचण्डको सामिप्यता स्थापित हुन सकेको थिएन ।
यति हुँदाहुँदै पनि प्रचण्ड भाजपाको कार्यालय पुगेर नयाँ ढंगले सम्बन्ध बनाउन चाहेजस्तो देखिँदैछ ।
औपचारिक रूपमा भाजपाको कार्यालय पुग्ने प्रचण्ड दोस्रो नेपाली नेता बनेका छन् । गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाले भाजपा कार्यालयको भ्रमण गरेका थिए ।
प्रचण्डलाई भारतले दिएको महत्त्व
विमानस्थलदेखि नै प्रचण्डले भारतको ‘न्यायो’ आतिथ्यता पाएका छन्, भलै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुन सकेन ।
विमानस्थलको भीआईपी गेटबाट दिल्ली अवतरण गरेका प्रचण्डका अन्य भेटघाटमा पनि भारतीय पक्षले महत्त्व दिएको देखिन्छ ।
भाजपा मुख्यालयमा भएको भेटमा विदेश मन्त्री डा. एस जयशंकर उपस्थित भए । कूटनीतिक प्रोटोकल बिर्सेर प्रचण्डले शनिवार उनकै निवासमा गएर जयशंकरलाई भेटेका थिए ।
पूर्वप्रधानमन्त्रीले एकजना मन्त्रीलाई भेट्न निवासमा गएको विषय उठ्न सक्छ । विगतमा भारतीय विदेशमन्त्रीलाई भेट्न लर्को लागेर द्वारिकाज होटलमा पुगेको भन्दै नेपालका पूर्व प्रधानमन्त्रीहरूको चर्को विरोध भएको थियो ।
जयशंकर तिनै पात्र हुन् जसले विदेश सचिव हुँदादेखि नै नेपाल मामिलामा हस्तक्षेपकारी भूमिका खेलेका थिए । २०७२ सालमा संविधान जारी गर्ने समयमा मोदीको ‘विशेष दूत’ बनेर आएका जयशंकरले संविधानमा केही सरोकार राखेका थिए ।
प्रचण्डसँगको भेटबारे जयशंकरले नेपाली भाषामै दुईलाइन ट्वीट गर्दै लेखेका छन्– ‘आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ । छिमेकी पहिलो नीतिलाई प्रतिविम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’
जयशंकरको प्रस्ताव तीरस्कृत भएपछि नेपालले संविधान जारी गरेको थियो । बदलामा अमानवीय नाकाबन्दीको सामना गर्नुपर्यो । र, त्यसयता पनि जयशंकर नेपालको राजनीतिक मामिलामा हावी हुँदै आएका छन् । भाजपा अध्यक्ष जेपी नाड्डासँगको भेटमा जयशंकरको उपस्थिति अर्थपूर्ण छ ।
भारतमा रहँदा प्रचण्डले सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि भेटवार्ता गरेका छन् । डोभललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ‘ब्रेन’ भन्ने गरिन्छ । यो भ्रमणको चाँजोपाँजो मिलाउने डा. विजय चौथाइवाले हुन् । उनकै संस्थाले आकस्मिकरूपमा तयार भएको भनिएको कार्यक्रममा प्रचण्डले सम्बोधन गरे । त्यो एउटा कर्मकाण्ड थियो । खास कुरो राजनीतिक भेटवार्ता नै हो ।
प्रचण्ड–आरजु आलोपालो प्रधानमन्त्रीको ‘अफवाह’ !
संयोग वा पूर्वनिर्धारित कार्यक्रमले गर्दा प्रचण्डले दिल्ली भ्रमण गर्दा प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा भारतमै थिइन् ।
नेपालमा प्रतिपक्षी दल र सधैँ कन्स्पिरेसी थ्योरी बुन्न उद्दत् एउटा पंक्तिले यही भ्रमणको क्रममा भारतीय नेताहरूको मध्यस्थतामा प्रचण्ड–आरजुबीच आलोपालो सरकारको नेतृत्वबारे सहमति भएको अफवाह चलाइरहेका छन् ।
सामाजिक सञ्जालमा त केही नक्कली सहमतिपत्र बनाएर प्रोपागाण्डा मच्चाउन शुरू गरिएको छ । संयोग हो या देखाउनका लागि प्रचण्ड र आरजुले शनिवार बिहान दिल्ली दूतावासमा सँगै ब्रेकफास्ट गरे । प्रचण्डभन्दा झण्डै १० मिनेटअगाडि आरजु दूतावास पुगिन् । त्यहाँ प्रचण्ड र आरजुबीच ब्रेकफास्ट मिटिङ चल्यो ।
पति शेरबहादुर देउवलाई ‘पश्चिमा’ ट्याग लगाउने गरिएकोमा आरजुले भारतसँग सम्बन्ध सुधार गरेकी छिन् । जनैपूर्णिमामा ‘राखी कूटनीति’मार्फत आरजुले विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेमार्फत भाजपासँग सम्बन्ध विस्तार गरेकी छिन् । नेपाली कांग्रेसको तर्फबाट देउवापछि आरजु प्रधानमन्त्री बन्छिन् भनेर जोडतोडले हल्ला मच्चाइएको छ ।
दुईपटक छोटो–छोटो समय प्रधानमन्त्री बनेका प्रचण्डले तेस्रोपटक प्रधानमन्त्री बन्ने इच्छा जाहेर गरेका थिए– पर्वतारोहण संघको कार्यक्रममा असार १० गते ।
तेस्रोपटक प्रधानमन्त्री बनेर देशलाई नयाँ युगमा लैजाने सपना रहेको उनले सुनाएका थिए ।
विगतमा ओलीसँग आलोपालोको उधारो सम्झौता गर्दा धोका खाएका प्रचण्डले यसपटक नगदमा खोजेका छन्, मंसिरको चुनावपछिको पहिलो कार्यकालको प्रधानमन्त्री ।
मंसिरको चुनावपछि देशलाई कता लैजाने भन्ने राजनीतिको साँचो आफ्नो हातमा रहेको दाबी गर्ने प्रचण्डलाई पहिलो कार्यकाल प्रधानमन्त्री दिन देउवा तयार छन् ।
शनिवार कांग्रेस केन्द्रीय समिति बैठकमा सम्बोधन गर्दै देउवाले प्रचण्ड र माधव नेपाललाई छाड्न नसक्ने बताएका थिए ।
पढ्नुहोस् यो पनि :
भावी प्रधानमन्त्रीको रूपमा एकप्रकारको मनोविज्ञान तयार गरेर प्रचण्डले देशभित्र अनुकूल वातावरण निर्माण गर्ने कोशिश गर्नेछन् । माओवादीसँग पावर शेयरिङ गर्दा पहिलो कार्यकालको प्रधानमन्त्री प्रचण्डलाई छाड्नुपर्ने अवस्थामा देउवा राष्ट्रपति बन्न सक्छन् । यद्यपि कांग्रेस नेताहरू त्यति गहिराइमा गएर कुरा नभएको बताउँछन् ।
हुन त बिहीवार र शनिवार केन्द्रीय समितिको बैठकमा देउवाले पार्टीलाई पहिलो बनाएर सक्षम व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने कुरा दोहोर्याएका छन् ।
डा. शेखर कोइराला पक्षलाई घुर्की लगाउन विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि सभापति बन्छु भनेपनि देउवाले मंसिरपछि कार्यकारी पदमा नरहने खालको संकेत गरेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए ।
जहाँसम्म आरजु प्रधानमन्त्री बन्ने कुरा छ, देउवाले चाहँदैमा पनि त्यति सहजचाहिँ छैन । परिवारवादको राजनीतिविरुद्ध दक्षिण एसियाली मुलुकहरूमा भइरहेका आन्दोलनका कारण पनि देउवाले चाहँदैमा आरजु प्रधानमन्त्री बन्न मुस्किल छ ।
गगन थापा र विश्वप्रकाश शर्माले नेतृत्व गरेको कांग्रेसको नयाँ पुस्ता आरजुलाई प्रधानमन्त्री स्वीकार्न तयार होला भन्न गाह्रो छ । सँगसँगै कांग्रेसमा एउटा त्यस्तो लेयर छ– जसले गगन थापा र विश्वप्रकाश शर्मालाई अहिले पनि नेविसंघको नेता देख्छ । यही केन्द्रीय कमिटी बैठकमा पनि केशवकुमार बुढाथोकीले महामन्त्रीमा केटाकेटीपन देखिएको भनेर टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री बन्नका लागि चुनाव जितेर मात्र पुग्दैन, संसदीय दलको नेता बन्नुपर्छ । देउवाले टिकट बाँडेका र समानुपातिक सूचीमा राखेका सांसदले सहजै गगनलाई संसदीय दलको नेता बनाउने छैनन् । संसदीय दलको नेता बन्न गगनलाई भन्दा आरजुलाई सहज हुन सक्छ ।
१७ वर्षपछि दिल्लीमा बनेको अर्को ‘रोडम्याप’
माओवादी अध्यक्ष प्रचण्डको भारत भ्रमणप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सशंकित छ । बालकोटको बुझाइमा प्रचण्डको भ्रमणमा तीन उद्देश्य लुकेका छन् ।
पहिलो– चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिउको भ्रमणबारे ब्रिफिङ ।
दोस्रो– चुनावमा पनि यही गठबन्धनलाई निरन्तरताको अनुमोदन अर्थात् वाम गठबन्धन नगर्ने वाचा ।
र, तेस्रो– चुनावपछिको प्रधानमन्त्रीको सुनिश्चितता ।
पहिलो आरोप प्रचण्डले शुक्रवार स्वदेशमै खण्डन गरिसकेका छन् । ‘बाहिर आउँदा आकस्मिक जस्तो देखियो, तर मेरो भ्रमणका लागि डेढदुई महिनाअघिदेखि नै कुरा भएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीका नेता आउने/जाने कुरासँग कुनै सम्बन्ध छैन । अनावश्यक कन्फ्युजन कसैलाई नरहोस्,’ प्रचण्डले भारत उड्नुअघि विमानस्थलमा भनेका थिए । दिल्ली नजाँदै प्रश्न उठेपछि प्रचण्डले स्पष्टीकरण दिएका थिए ।
देशको पूर्व प्रधानमन्त्री र भावी प्रधानमन्त्रीको दाबेदार नेताले एक देशको नेतासँग भएको कुरा अर्को देशमा गएर सुनाउनु मुर्खता गर्छ भनेर पत्याउन कठिन छ । अरूलाई लान्छित गर्न र आरोप लगाउन कुनै प्रमाण पनि चाहिएन ।
चुनावमा यही गठबन्धन निरन्तर कायम रहन्छ भनेर प्रचण्डले भन्दै आएका छन् । नेपाली राजनीतिको ‘मक्का मदिना’ भनिने दिल्लीले नेपालमा कस्तो गठबन्धनलाई फेबर गर्छ भन्ने कुराले ठूलै अर्थ राख्ने गरेको छ ।
भन्न मिलेपनि/नमिलेपनि प्रचण्डले भारतबाट फर्किँदा गठबन्धनको सुनिश्चितता लिएर आउने निश्चित छ ।
आइतवार बिहान पोखरा पुगेर एमाले महासचिव शंकर पोखरेलले सत्ता गठबन्धनले भारतीय चलखेल बढाएको आरोप लगाएका छन् ।
प्रचण्ड फर्केलगत्तै सरकारले चुनावको मिति घोषणा गर्दैछ, यो संयोग नभई पूर्वनिर्धारित हो ।
मंसिर ४ गते चुनाव गर्ने गरी साउन ४ गते सरकारले चुनावको मिति घोषणा गर्ने कांग्रेस महामन्त्री थापाले सार्वजनिक कार्यक्रममा भनिसकेका छन् ।
२०६२ साल मंसिरमा भएको १२ बुँदे सहमतिपछि सशस्त्र संघर्षमा रहेको माओवादी र संसदवादी दल मिलेर नेपालमा दोस्रो जनआन्दोलन सम्पन्न भएको थियो ।
जनआन्दोलन दबाउन भूमिका खेलेका कमल थापाले १२ बुँदे समझदारीलाई काँकडभिट्टा र महेन्द्रनगरको गन्तव्यमा हिँडेका दलहरूको सहकार्य नारायणगढसम्म मात्र हो भन्ने गर्दथे ।
१२ बुँदे सहमतिकै गोरेटोमा नेपालको राजनीति हिँडिरहेको छ ।
लिखितरूपमा १२ बुँदे समझदारी भएको १७ वर्षपछि दिल्लीमा केही अलिखित समझदारी भएको आशंका गरिँदैछन्, जसले नेपाली राजनीतिको आगामी बाटो निर्धारण गर्नेछ ।
त्यस्तो कुनै चमत्कार भएन भने मंसिरको चुनावमा वाम गठबन्धनको च्याप्टर क्लोज भइसकेको छ ।
मोदी नभेट्दाको खल्लो !
भारत भ्रमणका जाने क्रममा शुक्रवार विमानस्थलमा प्रचण्डले उत्साहित रहेको बताएका थिए ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले मोदीसँग भेटवार्ता हुने दाबी गरेका थिए । आइतवार बिहान भेटवार्ता हुने भनिएपनि मोदीले समय दिएनन् । मध्याह्न भाजपाको कार्यालयमा अध्यक्ष जेपी नाड्डासँगको भेटपछि प्रचण्डले ‘क्लाइमेक्स’ बाँकी रहेको बताएका थिए ।
तर, मोदीले समय नदिएपछि प्रचण्डले त्यो ‘क्लाइमेक्स’ भेट गर्न पाएनन् । माओवादी स्रोतका अनुसार भाजपाका तर्फबाट प्रचण्डलाई मोदीसँग भेटाउने आश्वासन दिइएको थियो ।
‘मोदीसँग भेट्ने पक्का भएपछि मात्र अध्यक्ष प्रचण्ड दिल्ली जान राजी हुनुभएको हो, भेट किन हुन सकेन त्योचाहिँ उहाँले ब्रिफिङ गरेपछि मात्र थाहा होला,’ माओवादीका एक नेताले भने ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...