
नेपालकै सबैभन्दा ठूलो मल्टीब्राण्ड सपिङ्ग स्टोर बिग डिजिटलको आज देखि शुभारम्भ भएको छ।
नायिका तथा यस स्टोरकी ब्राण्ड दूत स्वस्तिमा खड्काले ललितपुरको ग्वार्कोमा अवस्थित ग्वार्को कम्प्लेक्समा अवस्थित यस स्टोरको एक समारोह बीच उद्घाटन गरेका थिए ।
समारोहमा बोल्दै खड्काले बिग डिजिटलले उच्चकोटीको उत्पादनहरु ग्राहकलाई पस्कँदै निरन्तर प्रगतिको शिखरहरू आरोहण गदै जाओस् भन्ने शुभकामना व्यक्त गरे ।
त्यसैगरी बिग डिजिटलका कार्यकारी प्रमुख अधिकृत विक्रमेश ओझाले अन्तर्राष्ट्रियस्तरका विविध ब्राण्डहरू सहज र सरल ढंगले नेपाली ग्राहकहरुलाई उपलब्ध गराउने ध्येयले यस स्टोरको स्थापना गरिएको जनाए ।
यस सपिङ्ग स्टोरमा ९० भन्दा बढी अन्तर्राष्ट्रिय ब्राण्डका घरायसी सामग्री, मोबाइल फोन, ल्यापटप, टिभी र वाद्ध्यवादन लगायतका उत्पादनहरु उपलब्ध छन्।
ग्राहकहरुले खरिद गर्दा लक्की ड्र मार्फत विभिन्न आकर्षक उपहारहरुको अलावा १०० प्रतिशत नगद फिर्ता पनि प्राप्त गर्न सक्नेछन्। त्यसैगरी उनीहरुले खरिद गरेको समानको घरमा नि : शुल्क डेलिभरी र जडानको सुविधा पनि पाउनेछन्।
बिग डिजिटलको काठमाडौँ उपत्यकामा ४ वटा नयाँ ठाउँहरुमा आफ्नो स्टोरहरू विस्तार गर्ने अल्पकालिन योजना छ। यस्तै यसको दीर्घकालिन योजना भनेको देशका सबै सातवटा प्रदेशहरूमा नयाँ स्टोरहरूको स्थापना गर्नु हो।