
नेपाल बैंक लिमिटेड र नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच रेमिटेन्स सम्झौता भएको छ ।
एक कार्यक्रमकाबीच नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाल रेमिट इन्टरनेसनल प्रालिका तर्फबाट अध्यक्ष रितेश मित्तलले सो सम्झौतामा हस्ताक्षर गरेका हुन्।
नेपाल रेमिट इन्टरनेसनल मार्फत आएको रेमिटेन्स नेपाल बैंक लिमिटेडको सम्पूर्ण शाखाहरू, एक्सटेन्सन काउन्टर तथा बैंकका सव एजेन्टले भुक्तानी गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।