३० असार २०८३, मंगलबार

आईएमईलाई ‘केयरएनपी ट्रिपल बी’ रेटिङ

आईएमईलाई ‘केयरएनपी ट्रिपल बी’ रेटिङ

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पूरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँदछ ।

कम्पनीले आफ्ना लगानीकर्ताहरू तथा सम्पूर्ण हितकारीहरूको सुरक्षाको निम्ति जोखिमहरूलाई न्यूनीकरण गर्दै लगेको समेत यस रेटिङले पुष्टि गर्ने कम्पनीको दाबी छ । आगामी दिनहरूमा पनि कम्पनीले आफ्ना परिसूचकहरू अझ सशक्त गर्दै लैजाने प्रतिबद्धता जनाएको छ । 

कम्पनीले १४० वटा शाखा कार्यालयबाट बिमितहरूलाई सेवा प्रदान गर्दै आइरहेकोे जनाएको छ । यस कम्पनीमा २७ हजार भन्दा धेरै अभिकर्ताहरू आबद्घ रहेका बताइएको छ ।

आईएमई लाइफ इन्स्योरेन्सले पाँच वर्ष अगाडि जीवन बीमा व्यवसाय गर्नका लागि अनुमति प्राप्त गरेको थियो । कम्पनीमा ग्लोबल आईएमई बैक, आईएमई गु्रप लगायत ठूला प्रतिष्ठित व्यवसायिक समूहको लगानी रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्