२० असार २०८३, शनिबार

अन्नपूर्ण केवलकारमा २० प्रतिशत छुट

अन्नपूर्ण केवलकारमा २० प्रतिशत छुट

पोखरामा सञ्चालित अन्नपूर्ण केवलकारले २० प्रतिशत छुटको घोषणा गरेको छ । नियमित मर्मत–सम्भारपश्चात शुक्रवारदेखि नियमित सञ्चालनमा आउन लागेको केवलकारले छुटको घोषणा गरेको हो । उक्त छुटको अवधि भदौ ३१ गतेसम्म रहने कम्पनीले जनाएको छ । 

अन्नपूर्ण केवलकारबाट लेकसाइड, सेदिबगर हुँदै सराङकोटमा रहेको कैलाशेश्वर महादेवको मन्दिरसम्म यात्रा गर्न सकिन्छ । उक्त मन्दिरबाट कास्कीकोट दरबारसम्मको पैदल यात्रा पनि गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार केवलकार यात्रामा अन्नपूर्ण,  माछापुच्छ्रे, धवलागिरीलगायतका हिमालका साथै सूर्योदयको मनोरम दृश्य हेर्न सकिन्छ । 

केबुलकार परिसरमै  सुविधा सम्पन्न रेष्टुरेन्ट, कफी सप तथा जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लिङको समेत सुविधा रहेको कम्पनीले जनाएको छ । 

यात्रुहरूको सुविधाको लागि लेकसाइडदेखि केवलकारको तल्लो स्टेशनमा सटल बसको व्यवस्था गरिएको छ । केवलकार बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म नियमित रूपमा सञ्चालन हुने कम्पनीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्