२८ असार २०८३, आइतबार

कोरोना अपडेटः पछिल्लाे २४ घण्टामा ४३५ जनामा संक्रमण पुष्टि

कोरोना अपडेटः पछिल्लाे २४ घण्टामा ४३५ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ४३५ जना कोरोना भाइरसबाट संक्रमित फेला परेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका अनुसार बिहीवार जम्मा ३ हजार ५३९ नमूना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ६६७ नमूना परीक्षण गर्दा ३१७ र १ हजार ९०२ एण्टीजेन विधिबाट परीक्षण गर्दा ११८ जना संक्रमित फेला परेका हुन् । 

बिहीवार थपिएसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या २ हजार ५३७ पुगेको छ । सक्रिय संक्रमितमध्ये २ हजार ३९६ जना होम आइसोलेसन, १४१ जना संस्थागत आइसोलेसन र १९ जनाको आईसीयूमा रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्