
आजकल अप्टिकल इल्युजनका तस्वीरहरू इन्टरनेटमा तीव्र रूपमा भाइरल भइरहेका हुन्छन् ।
यी तस्विरहरू देखेपछि धेरैजसो मानिस अलमलमा पर्छन् ।
अप्टिकल इल्युजन भनेको आँखालाई धोका दिनु हो ।
यस्ता तस्वीर हेर्दा तपाईंको दिमाग घुम्न सक्छ ।
तस्वीरमा कहाँ छ बिरालो ?
सामाजिक सञ्जालमा एक तस्वीर अहिले भाइरल भइरहेको छ ।
सो तस्वीर केही समय पूरानो हो, तर अप्टिकल इल्युजनको एक उदाहरणका रूपमा प्रायः इन्टरनेटमा भाइरल भइरहेको पाइन्छ ।
तस्वीरमा एक कोठा देखिन्छ, जसमा पुस्तकहरू र स्टेशनरी सामान मिलाएर राखिएको छ ।

त्यहाँ एक कम्प्यूटरको स्क्रिनसमेत देखिन्छ ।
तर प्रश्न हो, त्यहाँ बिरालो कहाँ छ ?
यो प्रश्नले तपाईंलाई एकछिन निकै सोचमग्न बनाउँछ भने आँखा तिरमिराउन पनि सक्छ ।
तर त्यहाँ बिरालो भने पक्कै छ ।

केही समय बिरालो खोज्दा पनि भेट्टाउन सकिएन भने यहाँ तपाईंलाई बिरालो समेत देखाइएको छ ।