माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
साउन १०, २०७९
दक्षिण अमेरिकी महादेशमा पुनः एकपटक वामपन्थी लहर आएको छ ।
हुँदाहुँदा कोलम्बिया जस्तो कट्टर अनुदारवादी मुलुकमा समेत गत जुन महिनामा वामपन्थी गुस्ताभो पेट्रो राष्ट्रपति निर्वाचित भएका छन् । आगामी अक्टोबर महिना हुन लागेको ब्राजिलको निर्वाचनमा समेत वामपन्थी उम्मेदवारले बहालवाला दक्षिणपन्थी राष्ट्रपति जाइर बोल्जोनारोलाई हराउन सक्ने आकलनहरू आइरहेका छन् ।
यस वामपन्थी लहरलाई पिंक टाइड नाम दिइएको छ । यसको इतिहास अलिकति कोट्याऔं । सन् १९८० को दशकमा (राजनीतिशास्त्री स्यामुअल पी हन्टिङटनको शब्द सापटी लिनुपर्दा) लोकतन्त्रको तेस्रो लहर विश्वभरि आएपछि वामपन्थीहरू संसदीय व्यवस्थामा चुनाव लड्न आएका थिए ।
सोभियत संघको पतन भएपछि बन्दूकको बलमा सत्ता कब्जा गर्न नसकिने तत्त्वज्ञान कम्युनिस्ट नेताहरूले प्राप्त गरे । त्यसपछि संसदीय प्रतिस्पर्धामा विजय हासिल गरी सत्तामा पुग्ने र देशलाई समाजवादी बाटोमा लैजाने रणनीतिका साथ उनीहरू अग्रसर भएका थिए । त्यही छेको पारी नेपालमा मदन भण्डारीले जनताको बहुदलीय जनवादको सिद्धान्त ल्याएर कम्युनिस्टहरूमाझ संसदवादी धारलाई प्रबल बनाएका हुन् ।
दक्षिण अमेरिकाका विभिन्न मुलुकमा वामपन्थी लहर पनि त्यही बहुआयामिक भूराजनीतिक परिवर्तनको देन हो । शीतयुद्धको अन्त्य भएपछि सोभियत संघले लगानी गरेका धेरैथरी क्रान्तिकारी आन्दोलनहरू विलुप्त भए । अनि वामपन्थीहरूले पूँजीवादका कतिपय अवयवलाई स्वीकार गर्न थाले ।
त्यही समयतिर चीनका तङ स्याओपिङले चीनलाई राज्यनियन्त्रित पूँजीवादको बाटोमा डोहोर्याएर समृद्ध तथा शक्तिशाली बनाउन सफलता पाए ।
अनि शीतयुद्धकालमा जस्तो अमेरिकाले वामपन्थी सरकारहरूलाई आफ्नो सुरक्षाका लागि खतराका रूपमा लिन छोड्यो । त्यसअघि शीतयुद्धको समयमा हेनरी किसिन्जरको डोमिनो थ्योरी अपनाएर अमेरिकाले कुनै पनि क्षेत्रमा वामपन्थी लहर बन्नै नदिन विभिन्न कदम चाल्ने गरेको थियो (उदाहरणका रूपमा, चिली र इन्डोनेसिया) ।
लोकतान्त्रिक माध्यमले सत्ता हासिल गर्ने यस्तो अवसरलाई दक्षिण अमेरिकाका वामपन्थीहरूले भरपूर सदुपयोग गरे । सन् १९९८ मा भेनेजुएलामा ह्युगो चाभेजले वामपन्थी लहरको आरम्भ गरेपछि सन् २००३ मा ब्राजिलमा लुइस इनासियो लुला दा सिल्भा अनि सन् २००६ मा बोलिभियामा इभो मोरालेस विजयी भए ।
सन् २००० को दशकमा उपयोगी वस्तु (कम्मोडिटी) को माग उदीयमान बजारहरूमा बढेपछि दक्षिण अमेरिकाका विभिन्न देशहरूलाई जनवादी नीति अंगीकार गर्न सजिलो भयो । फलस्वरूप, त्यहाँका जनता पनि आर्थिक वृद्धि, वस्तु तथा सेवामा छुट र सामाजिक सुरक्षाको माग गर्न थाले ।
उपयोगी वस्तुको माग बढ्नुमा चीनको द्रुत विकास प्रमुख कारण थियो । चीनमा त्यही समयताका औद्योगिकीकरण बढिरहेको थियो र आफ्नो बढ्दो अर्थतन्त्रका लागि उसलाई व्यापक स्रोतसाधन आवश्यक परेको थियो ।
उसले दक्षिण अमेरिकाका वामपन्थी सरकारहरूसँग सहकार्य गर्न थाल्यो र कारोबार बढायो । त्यसले गर्दा दक्षिण अमेरिकामा असमानता घटेको र त्यहाँको अर्थतन्त्रमा वृद्धि भएको फरेन अफेयर्स पत्रिकामा माइकल रीड लेख्छन् ।
तर सन् २०१० तिर कम्मोडिटी माग घट्न थालेपछि चाहिँ दक्षिण अमेरिकाका अर्थतन्त्रहरूमा समस्या देखिन थाल्यो । चीनको स्टक मार्केटमा खलबली भएपछि दक्षिण अमेरिकामा चिनियाँ लगानी घट्नु यसको एउटा कारण हो ।
भेनेजुएलाले तेलबाट प्राप्त राजस्वमा आफूलाई पूर्ण निर्भर गरी आर्थिक विविधीकरण नगरेकाले त्यहाँ आर्थिक संकट आयो । त्यसमा अमेरिकी आर्थिक प्रतिबन्धको पनि ठूलो योगदान छ ।
त्यस्तै सन् २०१५ मा अर्जेन्टिनामा महंगी बढेको, कुल गार्हस्थ्य उत्पादन घटेको र देशको प्रमुख निर्यात वस्तु सोयाबीनको मूल्य घटेकोले गर्दा सार्वजनिक खर्चमा कमी आई जनता आक्रोशित भएपछि दक्षिणपन्थी माउरिसियो माक्री राष्ट्रपति बने । त्यसलगत्तै ब्राजिलमा वामपन्थी राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाभियोग लाग्यो भने इक्वेडरमा वामपन्थी राष्ट्रपति लेनिन मोरेनो निर्वाचित भए पनि उनले दक्षिणपन्थी नीति अपनाउन थाले ।
सन् २०१६ बाट दक्षिणपन्थी अनुदारवादी लहर (ब्लु टाइड) दक्षिण अमेरिकामा देखिन थाल्यो । पश्चिमी पूँजीवादी सञ्चारमाध्यमहरू दी इकोनोमिस्ट र द न्युयोर्क टाइम्सले लोककल्याणकारी नीति अपनाउने वामपन्थीहरूको पतन भएको भनी खुशियाली समेत मनाए ।
तर उनीहरूको खुशी लामो समय टिक्न पाएन । सन् २०१८ देखि २०२० को बीचमा मेक्सिको, अर्जेन्टिना र बोलिभियामा पुनः वामपन्थीहरू राष्ट्रपतिमा निर्वाचित भए ।
अझ कोभिड महामारीका कारण अर्थतन्त्र संकटमा पर्न थालेपछि आक्रोशित दक्षिण अमेरिकी मतदाताहरूले मूलधारका दलहरूलाई परित्याग गरी वामपन्थी दललाई छान्न थालेको देखिन्छ । बजारभन्दा राज्य बलियो बनाउने र सामाजिक सुरक्षामा बढी खर्च गर्ने भनी वामपन्थीहरूले गरेको प्रतिबद्धतालाई त्यहाँका जनताले पत्याएका छन् ।
त्यही भएर सन् २०२१ मा पेरुमा आदिवासी समुदायका समाजवादी नेता पेड्रो कास्टिलो, त्यही वर्ष होन्डुरसमा सियोमारा कास्ट्रो र चिलीमा गेब्रियल बोरिच अनि यसै वर्ष कोलम्बियामा गुस्ताभो पेट्रो निर्वाचित भएका छन् । कोभिडको लगत्तै अगाडि र कोभिडपछि पनि दक्षिण अमेरिकामा सरकारी खर्चकटौती तथा आयमा असमानताका विरुद्ध भएका हिंसात्मक प्रदर्शनले पनि दक्षिणपन्थीहरूको सरकार ढालेर वामपन्थी शासन ल्याउन मद्दत गरेको देखिन्छ ।
दक्षिण अमेरिकामा वामपन्थी लहर आउँदा त्यसले उक्त क्षेत्रको भूराजनीतिलाई पनि दीर्घकालीन असर पार्ने देखिन्छ । दक्षिण अमेरिकालाई आफ्नो ‘ब्याकयार्ड’ मानेर हेप्ने गरेकाले अमेरिकालाई त्यहाँका वामपन्थीहरूले मन पराउँदैनन् । त्यसैले अधिकांश वामपन्थी सरकारहरूको परराष्ट्रनीति अमेरिकाविरोधी छ ।
अमेरिकासँग असन्तुष्ट वामपन्थीहरूको सरकार धमाधम बन्न थालेपछि रुस र चीनले दक्षिण अमेरिकी मुलुकहरूसँग व्यापारिक सम्बन्ध बलियो बनाउन कोशिश गरिरहेका छन् । चीनको बेल्ट यान्ड रोड इनिसिएटिभमा त्यस क्षेत्रका लगभग सबै देश जोडिएका छन् ।
आर्थिक मात्र नभई सामरिक सम्बन्ध विकसित गर्न पनि उनीहरू खोजिरहेका छन् । अगस्ट महिनाको मध्यतिर रुस, चीन र इरानले दक्षिण अमेरिकी मुलुकहरूसँग स्नाइपर फ्रन्टियर कम्पिटिसन नामक युद्धअभ्यास थाल्न खोजेको खबर तीन साताअघि प्रकाशित भएको थियो ।
चीन र रुसले दक्षिण अमेरिकामा अतिरिक्त चासो देखाएपछि अमेरिकाले आफ्नो सुरक्षा जोखिममा परेको अनुभव गरेको छ र भ्रष्ट सरकारहरूलाई ती दुई देशले सहयोग गरिरहेको आरोप लगाएको छ ।
गत साता अमेरिकाको थिंकट्यांक एस्पन सिक्योरिटी फोरममा अमेरिकी सेनाको सदर्न कमान्डकी कमान्डर जनरल लउरा रिचार्डसनले दक्षिण अमेरिकामा रुस र चीनको सक्रियता बढेकाले अमेरिका त्यसमा पछि पर्न नहुने धारणा व्यक्त गरेकी थिइन् ।
ब्राजिलमा भएका जस्ता दक्षिणपन्थी शासकहरूमार्फत आफ्नो उपस्थिति प्रभावशाली बनाउन अमेरिकाले कोशिश गरिरहेको छ ।
तर अमेरिका आफ्नो प्रभाव उक्त क्षेत्रमा पार्न असफल भइरहेको प्रमाण गत जुन महिनामा सम्पन्न सम्मिट अफ दी अमेरिकाजले दिइसकेको छ । उत्तर र दक्षिण अमेरिकी मुलुकहरूको उक्त शिखर सम्मेलनको आयोजना अमेरिकी राष्ट्रपति जो बाइडनले गरेका थिए ।
विश्लेषकहरूले त्यसलाई कूटनीतिक विफलताको संज्ञा दिएका छन् । वाशिङटनमा निर्भर नरहेको उक्त क्षेत्रमा अमेरिकाले आफ्नो निहित स्वार्थ अघि बढाउन नसक्ने यसबाट देखिएको छ ।
भूराजनीति आफ्नै ठाउँमा होला तर दक्षिण अमेरिकी जनताले वामपन्थीहरूप्रति गरेको विश्वासमा खरो उत्रने चुनौती शासकहरूलाई छ । पूर्णतः वामपन्थी नभई मध्यमार्गी वामपन्थी नीति लिएमा उनीहरू जनतालाई गरेको वाचा पूरा गर्न समर्थ हुने मेक्सिकोका पूर्व परराष्ट्रमन्त्री होर्गे जी कास्टानेडा प्रोजेक्ट सिन्डकेटमा लेख्छन् । त्यसैले चिलीका राष्ट्रपति बोरिच र पेरुका राष्ट्रपति पेट्रोले मध्यमार्गी नीति अपनाउन थालेको उनको भनाइ छ ।
तर स्थानीय सम्भ्रान्त तथा बहुदेशीय कर्पोेरेट संस्थाहरूलाई मात्र फाइदा पुर्याउने दक्षिणपन्थीहरूको शोषक नीतिको तुलनामा वामपन्थीहरूको मध्यमार्गी नीति स्वागतयोग्य छ । दक्षिण अमेरिकामा वामपन्थीहरूको शासन सफल भएमा बहुध्रुवीय विश्व निर्माणका लागि पनि महत्त्वपूर्ण योगदान पुग्नेछ ।
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...