२९ असार २०८३, सोमबार

कास्कीको किम्रुङ खोलामा आएको बाढीले बगायो पुल

असार २८, २०८३
कास्की
कास्कीको किम्रुङ खोलामा आएको बाढीले बगायो पुल

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीले पुल बगाएको छ ।

अन्नपूर्ण बेसक्याम्प जाने बाटोमा रहेको किम्रुङ खोलामा आइतबार दिउँसो आएको बाढीले पुल बगाएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार प्रहरी अहिले घटनास्थलमा जाँदैछ । 

बाढीले पुल बगाएको ठाउँ र प्रहरी युनिट रहेको ठाउँको दुरी पाँच किलोमिटर रहेको र ठाडो उकालो रहेकाले प्रहरी पुग्न केही समय लाग्ने एसपी कार्कीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्