२९ असार २०८३, सोमबार
किम्रुङ खोला बाढी

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भन्छन्– मानवीय क्षति भएको छैन, पुल बगाउँदा ४० घर परिवार प्रभावित

असार २८, २०८३
कास्की
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भन्छन्– मानवीय क्षति भएको छैन, पुल बगाउँदा ४० घर परिवार प्रभावित

कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीले पुल बगाउँदा ४० घर परिवार प्रभावित बनेका छन् ।​

आइतबार दिउँसो आएको बाढीले मानवीय क्षति नभए पनि पुल बगाउँदा ४० घर परिवार प्रभावित बनेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले लोकान्तरलाई जानकारी दिए । ‘किम्रुङ बग्ने भनेको ठाडो खोला हो । माथितिर बाढी र पहिरो गएको देखिन्छ । ढुंगा र काठ बगाएर ल्याएको छ,’ उनले भने ।

अध्यक्ष केसीका अनुसार झोलुङ्गे पुल बगाएपछि ३० देखि ४० घर परिवार प्रभावित भएका छन् । उनका अनुसार खोलाको छेउमा रहेका खाजा घरहरू पनि बगाएका छन् ।

‘चिउरी बजारमा रहेका खाजा घरहरू पनि बगाएको सूचना मैले पाएको छु, घटनास्थलमा जाँदै छु, खोलासँगै जोडिएको पक्की बाटो पनि बगाएको छ,’ केसीले लोकान्तरसँग भने, ‘मानवीय क्षति भएको छैन भन्ने छ, भौतिक क्षति धेरै भएको छ ।’

salt training

कमेन्ट गर्नुहोस्