०६ साउन २०८३, बुधबार

घण्टाकर्ण पर्व मनाइयो

घण्टाकर्ण पर्व मनाइयो

प्रत्येक वर्ष श्रावणकृष्ण  चतुदर्शीका दिन मनाइने गठामङ्गल अर्थात् घण्टाकर्ण आज राजधानीको भित्री सहरमा मनाइएको छ । 

चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अथवा घण्टाकर्ण पर्व संस्कृति पर्वअनुसार विशेष गरी राजधानीको भित्री भागका नेवारी समुदायले मनाएका हुन् । राजधानीको भित्री सहरका साथै नेवार समुदायको बाहुल्यता रहेको सहर बजारमा पनि यो पर्व मनाइएको छ । 

परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरुप बिहान हरियो नर्कट, निगालो अथवा गहँुको छवाली मिसाएर तीनखुट्टे राक्षसको स्वरुप बनाइ दोबाटो र चौबाटोमा उभ्याउने चलन छ । 

salt training

कमेन्ट गर्नुहोस्