२५ असार २०८३, बिहीबार

कोभिड–१९ बाट प्रभावित अति विपन्नलाई राहत वितरण सुरु

कोभिड–१९ बाट प्रभावित अति विपन्नलाई राहत वितरण सुरु

तनहुँको आँबुखैरेनी गाउँपालिकाले कोभिड–१९ बाट प्रभावित अति विपन्नलाई राहत वितरण सुरु गरेको छ । सङ्घीय सरकारको सहयोगमा गाउँपालिकाले ६ वटै वडाका कोभिड–१९ प्रभावित परिवारलाई रु २७ लाख वितरण गरेको हो । 

आर्थिक वर्ष २०७८÷७९ मा सङ्घीय सरकारबाट प्राप्त राहत रकम वितरण गर्न थालिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रका दुई सय ७० व्यक्तिलाई रु दश हजारका दरले राहत वितरण गरिनेछ । कोभिड–१९ बाट प्रभावित भई रोजगारी गुमाएका र समस्यामा परेका व्यक्ति छनोट गरी रकम वितरण गर्न थालिएको उपाध्यायले बताए ।

उपाध्यायका अनुसार वडा नम्बर ३ र ४ का २० जनालाई बिहीबार रु दश हजारका दरले रकम वितरण गरिएको छ । बुधबार वडा नम्बर ५ का ५० जनालाई वितरण गरिएको थियो ।  

वडा नम्बर १ का ८७, २ का ५९, ३ का ६१, ४ का ९, ५ का ५२ र वडा नम्बर ६ का एकजनालाई राहत वितरण गरिनेछ । राहत वितरणका लागि वडा कार्यालयबाट निवेदन माग गरिएको थियो । वडा कार्यालयमा प्राप्त भएका निवेदन वडा समितिले छनोट गरी गाउँपालिकामा सिफारिस गरेको थियो । कार्यपालिकाले उक्त सिफारिस निर्णय गरी गाउँसभाबाट पास गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्