१० साउन २०८३, आइतबार

महिलाका नाममा जग्गा लिखत गराउने सङ्ख्या घट्यो

महिलाका नाममा जग्गा लिखत गराउने सङ्ख्या घट्यो

गुल्मीमा महिलाका नाममा जग्गा लिखत गराउने सङ्ख्या घटेको छ । आर्थिक वर्ष २०७७÷७८ को तुलनामा २०७८÷७९ मा कम सङ्ख्यामा मात्रै महिलाको नाममा जग्गा लिखत गरिएको छ । 

सरकारले महिला, दलित र अपाङ्गता भएका व्यक्तिका नाममा जग्गा लिखत गर्दा छुट दिने व्यवस्था गरेको छ । महिलाका नाममा गर्दा २५ र दलितको नाममा गर्दा ५० प्रतिशत छुट गरिएको छ । आव २०७७÷७८ मा जिल्ला मालपोत कार्यालयमा कूल दुई हजार छ सय ४१ ले जग्गा लिखत पारित गरेका छन् । सोमध्ये तीन सय ९६ ग्रामीण र एक सय ९१ नगरका गरी कूल पाँच सय ४७ महिलाले आफ्नो नाममा जग्गा लिखत गरेका छन् । यसबाट उनीहरुले रु १३ लाख ९५ हजार ५९  छुट पाएको मालपोत कार्यालय, गुल्मीले जनाएको छ । 

आव २०७७÷७८ मा कूल दुई हजार ८१६ जनाले जग्गा लिखत गरेका छन् । सोमध्ये महिला, दलित वा अपाङ्गता भएकाले लिखत गराएको जग्गाबारे कार्यालयसँग तथ्याङ्क छैन । तर महिलाले मात्रै रु २२ लाख ९३ हजार आठ सय ३० छुट पाएका छन् । 

आव २०७७÷७८ को तुलनामा २०७८÷७९ मा रु आठ लाख ९८ हजार सात सय ६४ कम छुट पाएको कार्यालयका मालपोत अधिकृत खेतबहादुर खत्रीले जानकारी दिए। महिलाले पाउने छुटको अन्तरका आधारमा महिलाका नाममा जग्गा लिखत गर्ने घट्दै गएको खत्रीको भनाइ छ । 

गुल्मीमा महिलाको मात्र होइन, कूल जग्गा लिखत पारित गराउनेको सङ्ख्या पनि घट्दै गएको छ । आव २०७७÷७८ मा भन्दा आव २०७८÷७९ मा १७५ ले जग्गा लिखत गराउनेको सङ्ख्या घटेको छ । जिल्लामा अहिले जग्गाको कित्ताकाट पनि फरक प्रक्रियाबाट गरिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्