×

NMB BANK
NIC ASIA

एसइई नतिजामा कर्णाली प्रदेश कमजोर

साउन १३, २०७९

NTC
Premier Steels

राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजामा कर्णाली प्रदेश ‘कमजोर’ देखिएको छ । बोर्डले पहिलोपटक प्रदेशगतरुपमा सार्वजनिक गरेको नतिजाअनुसार कर्णालीमा ११४ परीक्षार्थीले मात्र ३.६ देखि ४ जीपीए अर्थात उच्च अङ्क ल्याए । 

Muktinath Bank

शैक्षिक सत्र–२०७८ को एसइईमा कर्णाली प्रदेशबाट ३७ हजार तीन सय ६२ परीक्षार्थी सहभागी थिए । तीमध्ये नौ सय ५१ ले ३.२ देखि ३.६ जीपीए ल्याए । जसलाई ए–गे्रड भन्ने गरिन्छ । सार्वजनिक प्रदेशगत नतिजाअनुसार कर्णालीका चार हजार ३५ परीक्षार्थीले २.८ देखि ३.२ जीपीए, आठ हजार ३८३ ले २.४ देखि २.८ जीपीए, १० हजार ७३ ले २.० देखि २.४ जीपीए, सात हजार ७७६ ले १.६ देखि २.० जीपीए, दुई हजार ९९४ ले १.२ देखि १.६ जीपीए, १७५ ले ०.८ देखि १.२ जीपीए ल्याए । प्रदेशगतरुपमा उच्च अङ्क ल्याउने परीक्षार्थी बागमति प्रदेशका सबैभन्दा बढी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक दीपा हमालले प्रदेशगतरुपमा कर्णालीको नतिजा कमजोर हुनुमा विभिन्न तत्वको सम्मिश्रण रहेको बताइन् । “प्रदेशको तुलना गर्दा यहाँ निकै कम विद्यार्थी परीक्षामा सहभागी हुन्छन्, त्यसले स्वभाविक रुपले प्रतिशतमा कम देखिने नै भयो,” उनले भनिन्, “कर्णालीको समग्र विकास, गरिबी, शैक्षिक विकास लगायतले नतिजामा प्रभाव पर्दछ ।” 


Advertisment
Nabil box
Kumari

कोरोना महामारीका कारण अघिल्ला दुई शैक्षिक सत्रमा लिखित परीक्षा नभएपछि विद्यार्थीमा मनोवैज्ञानिक असर परेको निर्देशक हमालको भनाइ छ । 
शैक्षिकसत्र २०७६ र २०७७ मा कोरोना महामारी बढ्दै गएपछि विद्यालय क्वारेन्टिानका रुपमा प्रयोग भए । जसले गर्दा भौतिक उपस्थितिमा पढाइ, परीक्षालगायतका शैक्षिक गतिविधि प्रभावित भएको थियो । ती दुई वर्ष विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई शिक्षा विकास तथा समन्वय इकाइको सिफारिसको आधारमा परीक्षा नियन्त्रण कार्यालयले प्रमाणीकरण गरी एसइईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षा बोर्डले यसपटक प्रदेशअनुसार अनिवार्य विषयको बेग्ला–बेग्लै प्रश्नपत्र बनाउनुका साथै उत्तरपुस्तिका पनि प्रदेशमै जाँच गर्ने व्यवस्था मिलाएको थियो । 

Vianet communication

वीरेन्द्रनगर नगरपालिकाका शिक्षा उपसचिव धिरेन्द्रप्रसाद लम्सालले विषयगत शिक्षक दरबन्दी न्यून हुनु, शिक्षण सामग्री, पाठ्यपुस्तक समयमै उपलब्ध नहुनुजस्ता कारणले विद्यार्थीको सिकाइमा असर पुगेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

मंसिर २९, २०८०

खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् ।  दिक्तेल रु...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...

बैशाख १३, २०८१

रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x