०५ साउन २०८३, मंगलबार

सामाजिक सुरक्षा भत्ता वितरण गर्न मेयर गाउँ–गाउँमा

सामाजिक सुरक्षा भत्ता वितरण गर्न मेयर गाउँ–गाउँमा

बैतडीको मेलौली नगरपालिकामा  गाउँ गाउँमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको छ । नगरपालिकाले हाल अभियानकैरुपमा सामाजिक सुरक्षा भत्ता लिन बैङ्कसम्म जान नसक्नेका लागि गाउँघरमै पुगेर भत्ता वितरण गरिरहेको छ । भत्ता वितरणका लागि  नगरपालिकाका प्रमुख भीमबहादुर चन्द गाउँटोलमा खटिएका छन् ।  

नगरका ज्येष्ठ नागरिक र अशक्त व्यक्तिसँग भेटघाट गर्दै उनीहरूको अवस्थाबारे बुझ्ने र सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू गाउँटोलमा पुगेको नगर प्रमुख चन्दले बताए ।

नगरपालिकाले अहिले गत आर्थिक वर्षको तेस्रो र चाथौ त्रैमासिकको सामाजिक सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेका लागि गाउँटोल पुगेर भत्ता वितरण गरिरहेको हो । नगरपालिका र मेलौलीमा रहेको एनसीसी बैंकको शाखाले गाउँ टोलमा गएर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको हो ।

salt training

कमेन्ट गर्नुहोस्