२९ असार २०८३, सोमबार

निःशुल्क आँखा शिविरमा ३५१ जनाको उपचार

निःशुल्क आँखा शिविरमा ३५१ जनाको उपचार
प्रतिकात्मक तस्वीर

१ दिने निःशुल्क आँखा शिविरमा ३५१ जनाको उपचार गरिएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ स्थित सखडामा सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा धर्मीहल्फा महिला विकास क्लब सप्तरीद्वारा आँखा शिविर सञ्चालन गरिएको हो । 

शिविरमा ३५१ जना आँखाका रोगीले आँखा जाँच गराएको क्लबले जनाएको छ ।

तीमध्ये ११३ जनामा मोतियाबिन्दु फेला परेकाले उनीहरूलाई लहान अस्पतालमा निःशुल्क उपचारका लागि पठाउने धर्मीहल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष इन्जिनीयर सूर्यनारायण यादवले बताए ।

salt training

कमेन्ट गर्नुहोस्