क्राइमियाको सेभास्तोपोलमा रहेको रुसको कृष्ण सागर बेडा केन्द्रीय कार्यालयमा युक्रेनले आक्रमण गरेको दाबी त्यहाँका गभर्नर मिखाइल राज्पोझायेभले गरेका छन् ।
आइतवार बिहान टेलिग्राम च्यानलमा उनले ड्रोनबाट गरिएको उक्त आक्रमणमा परी ६ जना घाइते भएको ठोकुवा गरे ।
रुसको जलसेना दिवसमा यो आक्रमण भएको हो । राज्वोझायेभका अनुसार, सुरक्षा कारणले गर्दा सबै कार्यक्रम रद्द गरिएको छ ।
रुसले जुलाई महिनाको अन्तिम आइतवार जलसेना दिवस मनाउने गरेको छ । त्यस दिन देशभरि सैन्य परेड र अन्य कार्यक्रम आयोजना गरिन्छ ।
युक्रेनी अधिकारीहरूले क्राइमिया फिर्ता लिने विषयमा बारम्बार बयान दिने गरेका छन् । युक्रेनका उपरक्षामन्त्री भ्लादिमिर गाभ्रिलोभले क्राइमियामा रहेको कृष्ण सागर बेडाले युक्रेनलाई स्थायी जोखिममा पारेको बताएका छन् ।