२९ असार २०८३, सोमबार

४० बढी बेनेली मोटोभ्लगर एकै ठाउँमा

४० बढी बेनेली मोटोभ्लगर एकै ठाउँमा

बेनेली नेपालले सिर्जनाकर्ता, निर्माताहरू र भिडियोग्राफी प्रयोग गरेर आफ्ना रचनात्मक विचारहरूलाई जीवन्त बनाउन मन पराउने व्यक्तिहरूका लागि मोटोभ्लगर सम्मेलनको आयोजना गरेको छ। 

बेनेली मोटोभ्लगरको भेटमा ४० भन्दा बढी मोटोब्लगर्सहरू सहभागी भएका थिए।

बैठकले मोटोभ्लगरहरूलाई सडक सुरक्षा, गैरकानुनी परिमार्जनहरू बारे शिक्षा दियो भने मोटोब्लगर्सहरूले पनि आफ्नो यात्रा साझा गरे र आफ्नो समुदायको पहिचानको आनन्द उठाए।

बेनेलीले कार्यक्रममा ७५२एस, टीएनटी६००आई, ३०२एस, टीआरके२५१ र पानारिया१२५ जस्ता फ्ल्यागशिप मोडलहरू पनि प्रदर्शन गर्यो र सबै सहभागीहरूलाई इटालियन डिजाइन र कार्यक्षमता अनुभव गर्न अवसर दियो।

बेनेलीको स्थापना टेरेसा बोनी बेनेली परिवारद्वारा पेसारो, इटालीमा सन्  १९११ मा भएको थियो, बेनेली २ वटा सबैभन्दा पुरानो इटालियन मोटरसाइकल ब्रान्डहरू मध्ये एक हो।

बेनेली एउटा ब्रान्ड हो जसले सडक र खेलकुद प्रदर्शन गर्ने मोटरसाइकल मात्र नभई प्रिमियम स्कुटरहरू पनि प्रदान गर्दछ। एकै समयमा सवारी अनुभव र सुरक्षा सुनिश्चित गर्दै बेनेली मोटरसाइकल र स्कुटरहरू सबै प्रकारका सवारहरूको आवश्यकताहरू पूरा गर्नका लागि सिर्जना गरिएको हो।

बेनेली मोटरसाइकल र स्कुटरहरूले बनोट र प्रक्रियाको उत्तम संयोजन प्रतिनिधित्व गर्दछ। बेनेली एक ब्रान्ड हो जसले मोटरसाइकल र स्कुटरहरू प्रदान गर्दछ जुन भब्य रूपमा मात्र चल्दैन, यसले भावनात्मक आगोको झिल्कोको प्रतिबिम्बित गर्दछ। हाल बेनेली ९० भन्दा बढी देशमा रहेको छ।

केटीएम इन्टरनेसनल ट्रेडिङ प्रा. लिमिटेड नेपालमा बेनेली र किवे ब्रान्डको आधिकारिक वितरक हो र सन् २०१५ देखि सञ्चालनमा रहेको छ। हाल यसले थ्रीएस सुविधासहित २६ आउटलेटहरूको डिलर नेटवर्क सञ्चालन गरिरहेका छन्।
 

कमेन्ट गर्नुहोस्