२३ असार २०८३, मंगलबार

ताइवान वरपर चीनले सैन्य अभ्यास थालेपछि आत्तियो जापान

साउन १८, २०७९
ताइवान वरपर चीनले सैन्य अभ्यास थालेपछि आत्तियो जापान

चीनले ताइवान टापु वरपर सघन सैन्य अभ्यास थालेपछि जापान सरकारले चिन्ता व्यक्त गरेको छ । 

जापानका चीफ क्याबिनेट सेक्रेटरी हिरोकाजु माचुनोले ताइवान विवादको शान्तिपूर्ण समाधानका लागि आह्वान गरेका छन् । 

‘ताइवान जलसन्धिको शान्ति र स्थिरता जापानको सुरक्षाका लागि मात्र नभई अन्तर्राष्ट्रिय समुदायको स्थिरताका लागि पनि महत्त्वपूर्ण छ,’ माचुनोले बताए, ‘ताइवान समस्या वार्तामार्फत शान्तिपूर्ण तरिकाले समाधान गरिने हामी आशा गर्छौं ।’

चीनको सैन्य अभ्यास जापानको आर्थिक क्षेत्रमा समेत भइरहेकाले जापान चिन्तित बनेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्