×

X
Nic Asia
Marvel
Khukuri

राजनीति छाडेर कृषिमा रमेका पूर्वमन्त्री विष्ट

'ड्रागन फल बेचेरै भियतनामको अर्थतन्त्र सुध्रियो, हामी पनि १० वर्षमा निर्यात थाल्न सक्छौं'

नेताहरूलाई सुझाव– तपाईंहरूले संन्यास लिए पनि देश चल्छ, हुटिट्याउँले आकाश थामेजस्तो नगर्नुस्

काठमाडाैं | साउन १९, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

पाँच वर्ष अघिसम्म ड्रागन फल आमनेपालीका लागि नौलो थियो । विदेश घुमेका र शहरमा बस्ने उच्च वर्गले मात्र यो फलको बारेमा जानकारी पाएका थिए । 

DHARA
LAxmi BAnk

आमजनतालाई यो फलबारे न जानकारी थियो, न किन्ने पहुँच । जब एकजना पूर्वमन्त्री ‘होलटाइमर’ किसान बनेर ड्रागन फलको व्यावसायिक खेति शुरू गरे त्यसपछि मात्र धेरैले थाहा पाए र यसको महत्त्व बुझे । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

तराई र पहाडका विभिन्न जिल्लामा अहिले ड्रागन फलको व्यावसायिक खेती शुरू भएको छ । शौखीनहरूले घरको छतमा बोट लगाएर पनि उत्पादन गरिरहेका छन् । 

जिल्ला–जिल्लामा युवाहरूले ड्रागन फलको व्यावसायिक खेती शुरू गरेका छन् । सयौं युवाले खेती गर्न परामर्श लिइरहेका छन् । नेपालमा ड्रागन फलको व्यावसायिक खेती शुरू गर्ने जस भने लोकेन्द्र विष्ट मगरलाई जान्छ, जो पटक–पटक सांसद र मन्त्री बनेर अहिले कृषि कर्ममा छन् ।


Advertisment
Bizbazar
Saurya island

माओवादी जनयुद्धको उद्गम थलो रुकुम घर भएका विष्ट माओवादी केन्द्रका दोस्रो तहका नेतामध्ये शीर्ष पंक्तिका नेता मानिन्थे । २०६३ सालमा अन्तरिम व्यवस्थापिका संसद् र २०६४ सालमा संविधान सभा सदस्य बनेका विष्ट दुईपटक मन्त्री बने । एकपटक पर्यटन र छोटो समयका लागि स्वास्थ्य मन्त्री बनेका थिए । जनताको मुक्तिका लागि लडेको पार्टीका नेताहरूमा देखिएको नैतिक स्खलन र आर्थिक विचलन देखिएको भन्दै उनले सक्रिय राजनीति त्यागेर पूर्णकालीन कृषिमा होमिए । 

ड्रागन फलको खेती नै किन रोजे ?

Vianet communication
IME BANK INNEWS

ड्रागन फलको बारेमा विष्टले कृषि विज्ञ डा. जगन्नाथ राईबाट सुनेका थिए, १८ वर्ष पहिले । राई जसले भियतनाममा काम गर्ने साथीमार्फत ६ इन्चको बिरुवा ल्याएर नेपालमा ड्रागन फलको खेती शुरू गरेका थिए ।

सम्भवतः ड्रागन फल नेपाल भित्र्याउने जसचाहिँ उनै राईलाई जान्छ ।

चीन भ्रमणमा गएका बेला विष्टले ड्रागन फलबारे धेरै बुझ्ने अवसर पाए ।

‘मेडिसिन भ्यालु र न्युट्रेसन भ्यालु भएको यो बहुगुणी फललाई नेपाल भित्र्याउने सपना देखेर फर्केको थिएँ, यसको भविष्य देखेरै व्यावसायिक खेती शुरू गर्‍यौं’ विष्टले भने । 

सक्रिय राजनीति त्याग्नुअघि विष्ट माओवादीको कृषि तथा सहकारी विभागको इञ्चार्ज थिए । त्यो बेला विष्टले १३ हजार मूल्य बराबरका ड्रागन फलका बिरुवा किनेर पार्टी कार्यालयमा निःशुल्क बाँडेका थिए ।

‘यो मगरले यस्तो सिउँडीको काँडा’ भिरायो भन्दै कतिपयले बिरुवालाई लात्तीले हानिदिए । जब ड्रागन फलको महत्त्व थापा पाए, उनीहरूसँग पछुताउनुको विकल्प थिएन । 

ड्रागन फलको महत्त्व बुझेका विष्टले यसको व्यावसायिक खेती शुरू गर्न पहल गरे । २०७१ सालमा सक्रिय राजनीतिबाट स्वेच्छिक अवकाश लिएका विष्टले ड्रागन खेती शुरू गर्न खोजे पनि शुरूको दुई वर्ष उपयुक्त जग्गा भेटिएन । रुकुममा जन्मेका विष्टले दाङमा यसको खेती शुरू गर्न खोजेका थिए ।

गतिलो जग्गा फेला नपारेपछि उनले काभ्रेको भकुण्डेबेसीमा गएर कालो चामलवाला धानको खेती शुरू गरे । मधुमेह रोगीका लागि उपयोगी मानिएको कालो चामलबाट पनि राम्रै भएको थियो । 

त्यसपछि उनले काठमाडौंको साँखुमा धान र बेसारको खेती गरे । यो बीचमा पनि उनले ड्रागन खेतीका लागि योजना बनाइहेका थिए । २०७५ सालमा उपयुक्त जग्गा फेला परेपछि ड्रागन खेती गर्ने उनको सपना पूरा भयो । 

रुकुमका अर्का दुई साथीसँगको सहकार्यका दाङको बिजौरीमा ड्रागन फलको व्यावसायिक खेती शुरू भयो । १५ वर्षको सम्झौता गरेर ६६ कठ्ठा जमिनमा उनीहरूले ७ हजार ड्रागन फलका बिरुवा रोपेका छन् । 

अहिले राम्रो उत्पादन दिन शुरू गरेको छ । बिरुवा रोपेको डेढ वर्षपछि फल दिन शुरू गर्छ । पहिलो र दोस्रो वर्षमा उनीहरूले खर्च कटाएर सरदर २०/२२ लाख जति फाइदा गरे । तेस्रो वर्षको पहिलो सिजनमा यसपटक राम्रो उत्पादन भएको विष्टले बताए । ‘यो वर्ष पहिलो र दोस्रो लटमा गरेर ५ टन जति उत्पादन भयो, ६ वर्षमा पूरै लगानी उठ्छ’ विष्टले भने । 

सिमेन्टको ३५ सय पक्की पोल बनाउँदा र बिरुवा किन्दा उनीहरूले झण्डै डेढ करोड लगानी गरेका थिए ।

ड्रागन फलका लागि बजारको कुनै समस्या छैन । उत्पादन गरेको ठाउँबाटै बिक्री हुन्छ । कुलेश्वर फलफूल बजारका व्यापारीले दाङबाटै ड्रागन फल उठाउँछन् ।

ड्रागन फलको खेती गर्ने लहर

विष्टले दाङमा ड्रागन फलको खेती शुरू गरेपछि युवाहरू यो खेतीतर्फ आकर्षित भए । खासगरी विदेश गएर फर्केका युवाहरूले ड्रागन खेतीमा आफ्नो भविष्य देखे । लोकेन्द्र विष्टले सञ्चालन गरेको ड्रागन फलको फर्ममा हेर्न आउनेको भीड लाग्छ । प्रत्येक दिनजसो उनको फार्म अवलोकन गर्न किसानहरू आइरहन्छन् । राजनीतिक दलका कार्यकर्ता र नेता पनि फार्म हेर्न पुग्ने गरेका छन् ।

विष्टको फार्मबाट हजारौं बिरुवा देशका विभिन्न भागमा पुगेका छन् । ‘५ वटादेखि ५ हजारवटासम्म बिरुवा लग्ने समूह ५ सय नाघेका होलान्, अहिले पनि बिरुवाको माग उस्तै छ,’ विष्टले भने । तराई र मध्यपहाडका क्षेत्रमा ड्रागनको खेती गर्न सकिने उनको भनाइ छ । 

राजनीतिक क्रान्तिबाट कृषि क्रान्तिमा आएकाले धेरै भन्दा धेरै युवाहरू ड्रागन फल खेतीमा आकर्षित भएर जीवनस्तर सुधारून् भन्ने उनको शुभेच्छा छ ।

‘पैसा कमाउने मात्र उद्देश्य राखेको भए अरू व्यवसाय गरेपनि हुन्थ्यो, ड्रागन फलको बिरुवा अरूलाई नदिएर आफैँले विस्तार गरेपनि हुन्थ्यो,’ विष्टले भने, ‘हामी आर्थिक क्रान्तिमा लागेको हुनाले धेरैभन्दा धेरै युवा यसमा लागून् भन्ने हाम्रो चाहना छ, सके जति सहयोग गरिरहेका छौं ।’

युवाहरूले अभियान साथ ड्रागन फलको खेती गरेपनि बजारको समस्या नहुने उनी बताउँछन् ।

‘विश्व बजारमा यसको माग अत्यधिक छ । फलबाट जुस, जाम, बिस्कुट र सौन्दर्य प्रसाधनको उद्योग नेपालमा खोल्न लगानीकर्ता उत्साहित छन्,’ उनले भने । 

नेपाललाई भियतनाम जस्तै ड्रागन फल निर्यात गर्ने देश बनाउने लक्ष्य 

अहिले शुरू भएको ड्रागन फलको व्यावसायिक खेती देशव्यापी विस्तार होस् भन्ने विष्टको लक्ष छ । ‘यो रामवाण फललाई नेपालीले स्याउ, केरा सुन्तला जस्तै खान सकुन् भन्ने हाम्रो अभिप्राय छ । एक दशकमा यो सबैको पहुँचमा पुग्छ भन्ने हाम्रो विश्वास छ,’ विष्ट भन्छन् ।

अहिले ड्रागन फल अलि महंगो छ । होलसेलमै ७ सय रुपैयाँ प्रतिकिलो पर्ने फल बजारमा हजार रुपैयाँको हाराहारीमा पर्छ । नेपालका अतिरिक्त भियतनामबाट पनि नेपालमा ड्रागन फल आइरहेको छ ।

ड्रागन फलको आयात विस्थापन गरेर निर्यात गर्ने योजनासाथ ड्रागन फलको व्यावसायिक उत्पादकहरूको एसोसिएसन बनाउने अभियानमा उनी लागेका छन् । 

देशभर युवाहरूले यसको खेती गर्दा बजारको समस्या नहोस्, बजारमा अस्वस्थ प्रतिस्पर्धा नहोस् भन्नका लागि अहिलेदेखि नै एसोसिएसन बनाएर काम गर्न लागिएको हो । नेपालभन्दा बाहिर पनि यसको बजार भएकाले विस्तार गर्न सकिने उनको विश्वास छ । 

‘अमेरिकासँगको लडाईंका कारण भियतनाम खरानी भएको थियो, अहिले रानी (ड्रागन फललाई रातकी रानी पनि भन्ने गरिन्छ) भएको छ । यो ड्रागन फलको कारण हो,’ विष्टले भने, ‘भियतनामले ड्रागन फल बेचेरै आफ्नो अर्थतन्त्र बलियो बनायो भने हामीले किन नगर्ने ?’

भियतनाम, थाइल्याण्ड, ताइवान र श्रीलंका एसियामा धेरै ड्रागन फल उत्पादन गर्ने मुलुक हुन् । नेपालको ड्रागन फल अन्य देशको तुलनामा मीठो रहेकाले यसले बजार लिनसक्ने उनको भनाइ छ ।

‘केही विदेशी मित्रले यति मीठो ड्रागन फल पहिलोपटक खायौं भने । हाम्रो बजार विस्तारका लागि यो सकारात्मक पक्ष हो,’ उनले थपे ।

राजनीतिमा भन्दा कृषिमा खुशी

विष्टभन्दा कनिष्ठ नेताहरू अहिले केन्द्रमा मन्त्री र प्रदेशमा मुख्यमन्त्री छन् । सक्रिय राजनीतिमा रहेको भए शायद उनी राज्यको कुनै ओहोदामा हुन्थे । यसमा उनलाई कुनै गुनासो छैन ।

‘मैले जुन दिनसम्म सक्रिय राजनीति गरें, इमान्दारीपूर्वक गरें भन्ने लाग्छ । जुन दिन अब राजनीतिमा मेरो उपादेयता छैन भन्ने निष्कर्ष निकालें, त्यही दिन नयाँ क्रान्तिमा होमिएँ,’ विष्ट भन्छन्, ‘राजनीतिमा लाग्दाको त्यो मोनोटोनस जिन्दगीभन्दा अहिलेको जीवन मेरा लागि धेरै सन्तोषजनक छ ।’

दलका नेताहरूको दैनिकी कुकुरको जस्तो काम पनि नहुने फुर्सद पनि नहुने खालको रहेको उनको टिप्पणी छ । पटक–पटक सांसद बनेका विष्ट अहिले सार्वजनिक यातायातमा हिँड्छन् । खेती किसानी गरिरहेका छन् । यसमा उनले आनन्द लिइरहेका छन् । 

‘मलाई भेट्न आउने ९० प्रतिशतले तैँले राम्रो गरिस् भन्छन् । राजनीति छाडेर मैले गल्ती गरेजस्तो लाग्दैन,’ काम विशेषले काठमाडौं आएका विष्टले बुधवार लोकान्तरसँगको कुराकानीमा आफ्नो निष्कर्ष सुनाए । 

अहिलेसम्म सयौं महिलालाई रोजगारी दिन सकेकोमा उनले सन्तुष्टि जनाए । ‘हामी जनताको जीवनस्तरमा सुधार ल्याउन भनेर लड्यौं । देशमा गणतन्त्र आएपनि जनताको जीवनस्तर बदलिएन । बरू थोरै संख्यामा भए पनि कृषि क्रान्तिबाट जनताको जीवनमा सुधार आएको छ । यसमा हामीले सन्तोष गर्ने ठाउँ छ,’ विष्ट भन्छन् ।

नेताहरूलाई सुझाव– तपाईंहरूले संन्यास लिए पनि देश चल्छ, हुटिट्याउँले आकाश थामेजस्तो नगर्नुस्

राजनीतिक दलका नेताहरूमा देश नै आफैँले थामेको जस्तो भ्रम रहेको विष्टको विश्लेषण छ ।

एउटा निश्चित उमेर या कार्यकालपछि नेताहरूले सक्रिय राजनीतिबाट सन्यास लिएर युवा पुस्तालाई अगाडि बढाउन जरुरी रहेको उनी बताउँछन् । 

‘एक जना राजनीतिकर्मीको रूपमा बाहिरबाट हेर्दा देशका समस्या झन् पछि झन् विकराल बन्दै गइरहेको र नेतृत्व असफल भइरहेको देखिन्छ, तैपनि उहाँहरू नेतृत्व छाड्न तयार हुनुहुन्न,’ विष्टले भने, ‘यो त राजनीतिभन्दा पनि लाजनीति भयो ।’

विष्ट पहिलो संविधान सभामा राज्य पुनर्संरचना समितिको सभापति थिए । सर्वाधिक जटिल मानिएको काम सभापतिको हैसियतमा उनले पूरा गरेका थिए ।

आफूले जिम्मा पाएको काममा प्रतिबद्ध विष्टले समितिमा आएर खाजा खाने, हाजिर गरेर हिँड्ने सदस्यलाई बैठक अवधिभर बस्नका लागि कडाइ गरेका थिए । 

विष्टको अभियानबारे अध्यक्ष प्रचण्डलगायत माओवादीका नेताहरू जानकार छन्, तर सक्रिय राजनीति छाडेपछि उनले प्रचण्डसँग भेट गरेका छैनन् ।

‘म एउटा अभियानमा छु । प्रचण्ड आफ्नै ठाउँमा व्यस्त हुनुहुन्छ । भेट्ने कुनै अवसर मिलेको छैन,’ विष्टले भने, ‘फरक अभियानमा रहेकाले भेट्नै पर्ने जरुरी पनि केही छैन।’

प्रचण्डलाई कोसेली लगिदिन भन्दै रुकुम तथा रोल्पातिरका नेता/कार्यकर्ता उनकोमा ड्रागन फल किन्न आइपुग्ने गरेका छन् ।

मोहन वैद्य किरणको सादगीपनबाट प्रभावित विष्टले उनीप्रति सधैँ आस्था रहेको बताउँछन् । 

‘अहिले पनि मलाई कुनै नेताप्रति आस्था छ भने किरण दाइ हो, जसले आफ्नो निष्ठा छाड्नुभएको छैन,’ विष्टले सुनाए । 

हेर्नुहोस् विष्टले संचालन गरेका फर्मका थप तश्वीर:

 

Maruti inside
TATA Below
NLIC
ncc inside
भदौ २५, २०७९

मोरङको सुन्दरहरैंचास्थित विराटचोकका भक्तबहादुर घिमिरे विगत ३७ वर्षदेखि साइकल बनाउने व्यवसायमा सक्रिय छन् ।  यसैबाट जीविकोपार्जन गर्दै आएका भक्तबहादुर अहिले पनि बिहानैदेखि साइकलको ‘फ्रेम’ ज...

भदौ १८, २०७९

नेपाल सरकारको सचिव पदमा पुगेर डा. मानबहादुर बीके १ वर्षअघि सेवानिवृत्त भए । नेपालको इतिहासमा दलित समुदायबाट नेपाल सरकारको राजपत्रांकित विशिष्ट श्रेणी (सचिव) मा पुग्ने पहिलो व्यक्ति पनि हुन् डा. बीके । त्यो प...

असोज ६, २०७९

दैलेख जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन १० वर्षअघि दैलेखका वासिन्दाको लागि कल्पनाको विषय थियो । अझै दैलेख सदरमुकाम भएर मध्यपहाडी आउला भन्ने त सदरमु...

भदौ १८, २०७९

यूके आर्मीमा जागिर खाने लक्ष्य लिएर मोरङको सुनवर्षी नगरपालिका–१ का गणेश राईले बिहान–साँझ नभनी ४ वर्ष मेहनत गरे तर उनको मेहनत खेर गयो ।  आर्मीमा जागिर खाने गरी देखेको सपना सधैंका लागि ...

भदौ २५, २०७९

पछिल्लो समय नेपालमा ‘फास्ट फूड’ निकै लोकप्रिय बन्दै गइरहेको छ । अझै गहन रूपमा हेर्ने हो भने विगतका केही वर्षयता फास्ट फूडमा नेपालीको बानी पर्दै गइरहेको छ । फास्टफूड लोकप्रिय मात्रै होइन, एक किस...

असोज १, २०७९

मोफसलको पत्रकारिता अहिले जुन तहमा छ, त्यसमा धेरैको धेरैको योगदान छ । धेरै अग्रजको समर्पण, त्याग, लगाव र निष्ठा मिश्रित छ । मोफसलको पत्रकारिता इतिहास अध्ययनमा नछुट्ने अर्थात् छुटाउन नहुने एक पात्र हुन् अर्जुन ज्...

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

सूचनाको हक : सुशासनका लागि अनिवार्य शर्त

असोज १२, २०७९

सूचना नै शक्ति हो । सूचनाले सही तथ्यको उजागर गर्दछ । सही सूचना व्यवस्थापनको प्रमुख स्रोत हो । सूचनाको स्रोतबाट शासनको प्रभावकारिता बढेको हुन्छ । शासनलाई बलियो बनाउन नागरिकले शासकीय क्रियाकलापको जानकारी लिन...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

ad
x