१७ असार २०८३, बुधबार

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढ्यो

शुक्रवार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको छ । अघिल्लो दिनको तुलनामा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ कायम गरिएको थियो । 

त्यस्तै, तेजाबी सुन ९६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ कायम गरिएको थियो । 

शुक्रवार चाँदीको मूल्य पनि वृद्धि भएको छ । बिहीवार प्रतितोला १ हजार २१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रवार १० रुपैयाँ वृद्धि गरी १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्