मंसिर २९, २०८०
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
साउन २१, २०७९
छोराछोरी पढेर जागिर खाउन् भन्ने चाहना हरेक अभिभावकको हुन्छ । छोराछोरीले धेरै दुःख गर्नु नपरोस् भनेर बालबालिकालाई गाउँबाट शहरमा ल्याए महंगा–महंगा विद्यालयमा पढाउने प्रवृत्ति पनि बढ्दै जान थालेको छ ।
छोराछोरी पढाउन शहर प्रवेश गर्नेको लर्काे लाग्दा गाउँका खेतबारी बाझिइरहेका छन् । सरकारले उत्पादन बढाउने बताए पनि शहर प्रवेश गर्नेको लर्काे नरोकिँदा सरकारको नीति तथा कार्यक्रम नै असफल हुने गरेको छ ।
तर भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको पञ्चकन्या माध्यमिक विद्यालयले भने विद्यार्थीलाई उत्पादनसँग पनि जोडेर गाउँमै उत्पादन बढाउन सहयोग पुर्याइरहेको छ । विद्यालयले विद्यार्थीलाई उत्पादन मात्रै नभई बजारीकरणसँग पनि जोडेको छ ।
शुरूमा बाली विज्ञानका विद्यार्थीलाई पढाइसँगै तरकारी र फलफूल उत्पादन गर्न सिकाएको विद्यालयले अहिले अन्य विषय पढ्ने विद्यार्थीलाई पनि उत्पादनसँग जोडेको छ ।
‘विद्यार्थीलाई खेतीपातीमा लाग्न सिकाउँदा अभिभावकहरू रिसाउनुहुन्छ भन्ने लागेको थियो,’ विद्यालयका प्रधानाध्यापक रामकुमार राईले भने, ‘तर अहिले उहाँहरू नै हाम्रा छोराछोरीलाई पनि सिकाइदिनु है सर भन्दै आउनुहुन्छ ।’
विद्यार्थीले विषादीरहित उत्पादनमा जोड दिइरहेका छन् । मल बोक्ने, बारी खनजोत, तरकारी गोडमेल विद्यार्थी आफैंले गर्छन् । सामूहिक प्रयासको अभ्यासमा उत्पादन सँगसँगै सिकिरहेका छन् ।
‘पढेपछि जागिर नै खानुपर्छ भन्ने मान्यता देखिने गरेको छ । पढेकाहरूले पनि आफ्नै देशको माटोमा पौरख गर्न सक्छन् । अझ भन्ने हो भने पढाइ अनुसारको काम गर्यो भने उत्पादनमा पनि सहयोग पुग्छ । मरुभूमिमा उत्पादन भएका वस्तु हामी खाइरहेका छौं । ढुंगा फल्दा सुन फल्ने देशमा भने माटो सुहाउँदो पढाइ पनि भइरहेको छैन,’ प्रअ राईले भने ।
विद्यालयमा सिकेको कुरा घरमा गएर अभिभावकलाई पनि विद्यार्थीले सिकाउन थालेका छन् । परम्परागत खेती गर्ने अभिभावकलाई विद्यार्थीले नयाँ प्रविधिको प्रयोग गरेर आधुनिक खेती गर्न सिकाउन थालेका छन् ।
‘प्रयोगात्मक सहितको सिकाइले उत्पादन पनि बढ्दो रहेछ,’ विद्यार्थी रुमि राईले भनिन्, ‘यसरी खेती गर्दा हाम्रो उत्पादन पनि बढ्दो रहेछ भनेर अभिभावकलाई सिकाउने गरेका छौं ।’
विद्यार्थीले घरमा सिकाउँदा अभिभावक पनि खुशी भएका छन् । छोराछोरीले लगाएको बाली देखेर अभिभावक दंग पर्ने गरेका छन् । छोराछोरीले खेतीको काम गर्दा पढ्न भ्याउँदैनन्, पढाइ बिग्रन्छ भन्ने अभिभावक समेत नतिजा देखेपछि खुशी छन् ।
विद्यार्थीले उत्पादन गरेका वस्तुको बजारीकरण समेत आफैंले गर्ने गरेका छन् । स्थानीयस्तरमा साप्ताहिक रूपमा लाग्ने हटियामा उत्पादन बेच्ने गरेका छन् । टमाटर, काँक्रा, खुर्सानी, आलु, च्याउ, गाँजर लगायतका तरकारी हटियामा लगेर बेच्ने गरेका छन् ।
विद्यालय प्राङ्गणको छेउमा हटिया लाग्ने गर्छ, त्यहीँ लगेर विद्यार्थीले बेच्ने गरेका छन् । अहिले घरमा उत्पादन भएका वस्तु पनि विद्यार्थीले हटियामा ल्याउने गरेको प्रअ राईले बताए । उत्पादित कृषि उपज बिक्री गरी नाफा कमाएको पैसा पठनपाठनमा खर्च गर्ने गरिएको छ ।
‘आफैंले खेती गरेपछि त्यसलाई गोडमेल गर्नुपर्छ, पानी लगाउनुपर्छ भन्ने हुँदो रहेछ,’ ११ कक्षामा पढ्ने विद्यार्थी कुवेर खत्रीले भने, ‘घरमा गएर पनि खेतीबारीमै एकछिन भुल्छौं, कृषि विषय पढेका हौं, पढेर आफैं खेती गरेपछि सिक्न सजिलो भएको छ ।’ खेती गर्दा नयाँ–नयाँ प्रविधिबारे पनि थाहा हुने गरेको उनले बताए ।
विगत ३ वर्षदेखि ९ कक्षामा कृषि प्राविधिक विषयमा पठनपाठन शुरू गरेसँगै विद्यार्थीलाई प्रयोगात्मक, व्यावसायिक र व्यावहारिक ज्ञान दिनमा विद्यालयले ध्यान दिएको छ । विद्यार्थीको हौसला देखेपछि विद्यालयले जग्गा लिजमा लिने तयारी समेत थालेको छ ।
विद्यालय नाफामूलक संस्था नभएकाले नाफा–घाटाभन्दा पनि उत्पादनसँग जोडिएर अग्र्यानिक कृषिमा विद्यार्थीलाई आकर्षित गर्ने लक्ष्य विद्यालयको छ ।
रासायनिक मलको सट्टा घरमै बनाइने प्रांगारिक मलबाट पनि राम्रो उत्पादन लिन सकिन्छ भनेर सिकाइरहेको विद्यालय प्रशासनले जनाएको छ ।
गाउँको जमिन बाझिने क्रम बढेकाले कृषि विषयको पढाइले किसानलाई पनि कृषि पेशालाई निरन्तरता दिन सघाउने अपेक्षा विद्यालयको छ । कमाउँदै सिक्दै गर्ने कार्यक्रमलाई सरकारले प्रोत्साहन गर्ने योजनालाई विद्यालयको कार्यक्रमले सघाउने विश्वास लिइएको छ । गाउँपालिकाले समेत विद्यालयलाई नमूना विद्यालय भनेर सम्मान समेत गरिसकेको छ ।
रोजगारी तथा उद्यमशीलता विकास गर्नका निम्ति कृषि क्षेत्रबाट राम्रो सम्भावना भएको गाउँपालिका शिक्षा शाखाकी विद्यालय निरीक्षक सुनिता कटुवाल बताउँछिन् ।
खोटाङको एक विद्यालयमा जम्मा ११ जना विद्यार्थी रहेको पाइएको छ । दुई जना शिक्षक उक्त विद्यालयमा छन् । अझ उजागर गर्नुपर्ने विषय त यो छ– दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी छन् । दिक्तेल रु...
सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...
सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...
‘म त रित्ता हातमा हतियार बनाइदिन्छु तिमी होली भन म दिवाली बनाइदिन्छु शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...
काठमाडौं महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५औं वर्ष पूरा भएको छ । देशका विभिन्न सामुदायिक विद्यालयमध्ये अग्रणी शैक्षिक संस्थाका रुपमा चिनिएको शिवपुरीले शनिवार स्थापना दिवसका साथै हिरक (७५ ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...