
आइडिया स्टुडियो नेपालले आफ्नो वार्षिक कार्यक्रम ‘कलेज आईडिया हन्ट २०२२’ को लागि आवेदन खुला गरेको छ ।
बिहीवार बागबजार स्थित काठमाडौं मोडल कलेजमा पत्रकार सम्मेलनको आयोजना गर्दै कम्पनीले आवेदन खुलाएको घोषणा गरेको हो ।
नेपाली समाजको रुपान्तरण र व्यवसायिकताको प्रवद्र्दनमा क्रियाशिल आइडिया स्टुडियोले उच्च शिक्षा अध्ययन गरिरहेका तथा नयाँ योजना र आइडिया सहित शो उद्यम गर्ने सोच बनाएका विधार्थीहरुलाई लक्षित गरी कलेज आइडिया हन्ट २०२२ को आयोजना गरेको हो ।
वर्तमान यूग र समय सापेक्ष समस्या र अवसरहरु सम्बन्धित नविनतम तथा दिगो समाधान सहितका आइडिया भएका विधार्थीहरुले कलेज आइडिया हन्टमा आफ्नो योजना पठाउन सक्ने कम्पनीले जनाएको छ ।
कलेज आइडिया हन्टमा प्राप्त आइडियाहरू मध्यबाट उत्कृष्ट १० योजनालाई व्यवसाय सम्बन्धी विभिन्न तालिम तथा परामर्श प्रदान गरिने कम्पनीले जनाएको छ ।
उत्कृष्ट ३ विजेताले जनही १ लाख रुपैयाँ नगद पुरस्कारका साथै आइडिया स्टुडिया सिजन ७ मा सिधै प्रवेश पाउनेछन् ।
साथै इन्क्युबेसन कार्यक्रम, व्यवसायिक संजाल, रियालिटी टिभी सो र लगानीको अवसर समेत प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
कलेज आइडिया हन्ट २०२२ मा सहभागी हुन चाहाने इच्छुक विद्यार्थीहरुले २०७९ भदौ १९ गते सम्म आवेदन दिइसक्नुपर्नेछ ।
