
सिभिल बैंकले आफूले प्रदान गर्ने उत्कृष्ठ सेवा र सुविधामा मात्र सिमित नरहेर आफ्नो ग्राहकहरूलाई उपलब्ध गराउन सकिने थप सुविधाहरूमा केन्द्रित भएर अझै धेरै साझेदारहरूसँग समन्वय गरी आफ्नो ग्राहकवर्गलाई विशेष छुटको व्यवस्था गरेको छ ।
सिभिल बैंकका ग्राहकहरूले अव निम्न साझेदारहरूबाट विभिन्न बस्तु वा विभिन्न सेवा उपभोग गरी बैंकको विद्युतीय भुक्तानी प्रणाली “सिभिल स्मार्ट – मोवाइल बैंकिङ्ग एप” अथवा एटीएम कार्डको प्रयोग गरी भुक्तानी गर्दा निम्न बमोजिमका आकर्षक छुटहरू पाउने व्यवस्था गरेको छ ।
बैंकले हालसम्म यस्ता विभिन्न ६९ साझेदारहरू संग ग्राहकहरूलाई छुट प्रदान गर्ने सम्वन्धमा सम्झौता गरिसकेको छ । यसका साथै बैंकले आगामी दिनहरूमा यसको परिधि बढाई अन्य संघ संस्थाहरूसँग पनि सम्झौता गरिने योजना रहेको बैंकका चिफ बिजिनेस डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ्ग भोला बहादुर विष्टले बताए ।